कीवर्डहरू -

सामसङका दुई फाइभजी फोन नेपालमा आउँदै

सामसङका दुई फाइभजी फोन नेपालमा आउँदै

सामसङले नयाँ ए–सिरिजका फाइभजी स्मार्टफोन ए३४ र ग्यालेक्सी ए५४ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । विश्वव्यापी विक्री सुरु भइसकेको नयाँ ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए ५४ कम्पनीले नेपालमा पनि ल्याउने तयारी गरेको हो ।

लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषता भएकोले यसप्रति उपभोक्ताको चासो बढेको छ । दुवै स्मार्टफोनहरू तिनीहरूको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् ।

ग्यालेक्सी ए३४ मा ४८ एमपि प्राइमेरी क्यामरा र २ एम पिम्याक्रो लेन्सका साथ आएको छ भनें ग्यालेक्सी ए५४ मा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एंगल लेन्स जडित छ ।

यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो÷भिडियो,पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफीलाई सहयोग पुर्‍याउने कम्पनीको दाबी छ ।

दुवै ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएको छ । यी दुवै फोनमा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ ।

यी फोनमा पानी र धुलो प्रतिरोधका लागि आइपि६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङ्गको सिग्नेचर नक्स सेक्युरिटी सुविधा उपलब्ध छन् ।