कीवर्डहरू -

स्टार्टअप सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सरकारले छुट्टै ‘स्टार्टअप पोर्टल’ सञ्चालन गर्ने

स्टार्टअप सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सरकारले छुट्टै ‘स्टार्टअप पोर्टल’ सञ्चालन गर्ने

स्टार्टअप सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सरकारले छुट्टै ‘स्टार्टअप पोर्टल’ सञ्चालन गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेर आन्तरिक छलफलमा ल्याएको ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९’ को मस्यौदामा स्टार्टअप पोर्टल विकास गर्ने कुरा समेटिएको छ ।

उक्त पोर्टलमा सबै प्रदेश सरकार, स्थानीय तहबाट सञ्चालित स्टार्टअप सेवालाई अन्तरआवद्धता गरी स्टार्टअपलाई अनलाइन सेवा तथा जानकारी उपलब्ध गराइने छ ।

मस्यौदामा भनिएको छ , ‘स्टार्टअप सम्बन्धि कार्यक्रम सञ्चालन गर्न उद्योग विभागले छुट्टै ‘स्टार्टअप नेपाल’ नामक पोर्टल विकास गरी प्रयोगमा ल्याउने छ । पोर्टलमा सबै प्रदेश सरकार, स्थानीय तहबाट सञ्चालित स्टार्टअप सेवालाई अन्तरआवद्धता गरी स्टार्टअप उद्यमीलाई अनलाइन सेवा तथा जानकारी उपलब्ध गराइने छ ।’