कीवर्डहरू -

अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी 

अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी 

डेभ कम्युनिटी नेपालले अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प सञ्चालन गर्ने भएको छ । आउँदो अप्रिल १५ देखि फ्लटर बुटक्याम्प सुरू हुनेछ ।

फ्लटर योद्धा १.० नाम दिइएको यस बुटक्याम्पमा फ्लटर प्रोग्रामिङ सम्बन्धि बेसिकदेखि एन्डाभान्ससम्मको ज्ञान प्रदान गरिने छ ।

फ्लटर प्रोग्रामिङमै काम गरेका अनुभवी प्रशिक्षकबाट बुटक्याम्प सञ्चालन हुने डेभ कम्युनिटी नेपालले जनाएको छ ।
जुमबाट हुने फ्लटर बुटक्याम्पमा लाईभ क्लासका साथै अन्य रिसोर्स पनि उपलब्ध हुनेछ ।

बुटक्याम्पसमा सहभीले ३ वटा प्रोजेक्ट समेत गर्नेछन् । बुटक्याम्पको शुल्क २ हजार ४९९ रूपैयाँ तोकिएको छ । यदी तपाई पनि यस बुटक्याम्पमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्न सक्नुहुनेछ ।