कीवर्डहरू -

फेसबुक एप प्रयोग गरी यसरी टेस्ट गर्नुहोस् इन्टरनेटको स्पीड

फेसबुक एप प्रयोग गरी यसरी टेस्ट गर्नुहोस् इन्टरनेटको स्पीड

फेसबुक हामी सबैले चलाउने सामाजिक सञ्जाल हो । तर के तपाईलाई थाहा छ ? यसबाट इन्टरनेटको स्पीड समेत जाँच्न सकिन्छ ।

यदी थाहा छैन् भनेआज हामी तपाईलाई जानकारी दिदैछौं । यसका लागि प्रयोगकर्ताले फेसबुकको पछिल्लो भर्सन अपडेट गरेको हुनुपर्छ र अकाउन्ट पनि सक्रिय हुनुपर्छ ।

स्पीड टेस्ट गर्नका लागि सर्वप्रथम फेसबुक एप खोल्नुपर्ने हुन्छ । अब माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्लामा क्लिक गर्नुहोस् ।

यसपछि सेटिङ्ग एण्ड प्राइभेसी फिचरमा क्लिक गरेर वाइफाइ एण्ड सेलुलर परफरमेन्समा किकल गर्नुहोस् । यसपश्चात स्पीड ट्याबमा क्लिक गरेर रन फर स्पीड टेस्ट अप्सनमा जानुपर्ने हुन्छ ।

अब अर्काे पेज आएपछि स्पीड टेस्ट रन गरेर फेसबुक मार्फत इन्टरनेटको स्पीड जाँच्न सकिन्छ । यो फिचर फेसबुकको एन्ड्रोइड भर्सनका लागि मात्रै उपलब्ध रहेको छ ।