कीवर्डहरू -

आफ्नो फोटोलाई सुरक्षित रूपमा राख्ने ६ तरिका

आफ्नो फोटोलाई सुरक्षित रूपमा राख्ने ६ तरिका

जीवनका महत्वपूर्ण पल हामीले फोटोमा कैद गरिरहेका हुन्छौं । कतै नयाँ ठाउँ जाँदा होस् या साथी वा परिवारसँग रमाउँदा होस्, त्यो क्षणलाई फोटोमा कैद गरेका हुन्छौं ।

फोटोमा कैद गरिएका पलहरू कहिलेकाही हामी प्रोइभेट रूपमा राख्न चाहन्छौं तर त्यस्ता फोटाहरूलाई सुरक्षित रूपमा राख्न पनि उत्तिकै जरूरी छ ।

तपाईले फोटो अनलाइनमा सेयर गरेपनि हामीले सुरक्षित रुपमा ब्याकअप राख्नुपर्ने हुन्छ । ब्याकअपका लागि धेरै तरिकाहरू छन् । आज हामी ब्याकअप राख्ने केही तरिका बारे छौँ ।

एक्सटर्नल हार्ड डिस्क वा सोलिड स्टेट ड्राइभ प्रयोग गर्ने

फोटो सुरक्षित राख्न सबैभन्दा सस्तो र भरपर्दाे उपाय भनेको बाह्य स्टोरेज ड्राइभ खरिद गरेर त्यसमा स्टोर गर्नु हो । यो अफलाइन स्टोरेज भएपछि अनलाइन मार्फत आक्रमण हुने डर पनि हुँदैन् । यति मात्रै नभएर त्यो स्टोरेज डिभाइसलाई आफू जता गयो त्यता पनि लैजान सकिन्छ ।

यसका लागि इन्स्टरनेट कनेक्सन चाहिने समस्या पनि हुँदैन् जसकारण दुर्गम क्षेत्रहरुमा पनि स्टोरेज ड्राइभ लिएर जान सकिन्छ । अझै सुरक्षा बढाउनका निम्ति पुरै ड्राइभलाईनै इन्क्रिप्ट गर्न पनि सकिन्छ ।

नेटवर्कमा आधारित स्टोरेज डिभाइस प्रयोग गर्ने

नेटवर्क एट्याच्ड स्टोरेज (एनएएस) एकदमै राम्रो स्टोरेजको उपाय हो र यसमा केही वैकल्पिक कलाउड सेवाहरु पनि हुने गर्दछन् ।

यो विशेषगरी धेरै संख्यामा फोटो तथा भिडियो हुने व्यवसाय वा विज्ञहरुका लागि बनाइएको हुन्छ । तर एकदमै शक्तिशाली किसिमको ब्याकअप समाधान चाहिने हो भने यसलाई निजी रुपमा पनि प्रयोगमा ल्याउन सकिन्छ ।

हार्ड डिस्क र नेटवर्क एट्याच्ड स्टोरेजमा के फरक छ भनेर बुझ्दा यस प्रणालीमा थप सुरक्षाका निम्ति डेटाका थ्रुपै प्रतिहरु बनाएर ब्याकअप गरिएको हुन्छ । यसमा एकदमै गम्भिर किसिमको भौतिक समस्या नआएसम्म यसलाई लामो समयसम्मका लागि प्रयोग गर्न सकिन्छ ।

बजारमा सिनोलोजी एनएएस एकदमै चर्चित रहेको छ । सिनोलोजी डिएस २२० जे सुरुवाती चरणका लागि एकदमै राम्रो हुने गर्दछ । यसमा रहेको क्लाउड सेवाले इन्क्रिप्सन सेवा प्रदान गर्दछ ।

आफ्नो कम्प्यूटरमा फोटो इन्क्रिप्ट गर्ने

तपाईले सफ्टवेयर प्रयोग गरेर फाइलहरुलाई इन्क्रिप्ट गर्न सक्नुहुन्छ । क्रिप्टोमेटर जस्ता टूलले पनि फाइललाई इन्क्रिप्ट गर्न दिन्छ ।

यस्तो खालको टूल मोबाइलबाट पनि पहुँच पाउन पनि सकिन्छ र त्यस्तो टूल निःशुल्क नहुन सक्छ । प्रयोगकर्ताले एउटा फोल्डर वा कुनै फाइललाई इन्क्रिप्ट गर्न सक्छन् ।

प्रयोगकर्ताले फाइल डिक्रिप्ट गर्नका लागि मास्टर पासवर्ड चाहिने गर्दछ । तपाईले यसमा सकेसम्म गाह्रो किसिमको पासवर्ड हाल्नुपर्ने हुन्छ । पासवर्ड बिना फोटो हेर्न मिल्दैन् जसकारण फोटोमा थप सुरक्षा थपिने गर्दछ ।

सुरक्षित क्लाउड स्टोरेज सेवा प्रयोग गर्ने

फोटो इन्क्रिप्ट गर्नु, पासवर्ड हाल्नु र फोटो ब्याकअप गर्नु कहिलेकाँही झन्झट हुन् सक्छ । यस्तो झु्याउ लाग्ने भएमा इन्क्रिप्सन प्रक्रियालाई राम्रा क्लाउड स्टोरेज सेवामा अपलोड गरेर स्वायत्त रुपमा इन्क्रिप्ट गर्न सकिन्छ ।

यसले फाइल इन्क्रिप्ट गर्नसँगै क्लाउड ब्याकअप पनि प्राप्त गर्न सकिन्छ । यसलाई विभिन्न डिभाइसहरुबाट पनि पहुँच पाउन सकिन्छ ।

आफ्नो सर्भर निर्माण गर्ने

यदि तपाईलाई लोकल स्टोरेज मनपर्दैन् र तपाईलाई क्लाउड सेवाहरु माथि पनि विश्वास लाग्दैन् भने आफ्नै सर्भर निर्माण गरेर आफ्नो डेटाको नियन्त्रण प्राप्त गर्न सक्नुहुनेछ ।

तपाईले सर्भर निर्माण गरेर पिविगो वा नेक्सटक्लाउड जस्ता सफ्टवेयर प्रयोग गर्न सक्नुहुनेछ । यस माध्यमबाट प्रयोगकर्ताले डेटा नियन्त्रण गर्ने, प्राइभेट रुपमा राख्ने र व्यवस्थापन गर्न सक्छन् ।

आफ्नो मोबाइल डिभाइसलाई इन्क्रिप्ट गर्ने

तपाईले फोटोलाई मात्रै नभएर आफ्नै डिभाइसलाई समेत इन्क्रिप्ट गरेर फोटोलाई सुरक्षित राख्न सक्नुहुन्छ । अहिलेका धेरै नयाँ एन्ड्रोइड डिभाइसहरुमा डिफल्ट रुपमानै इन्क्रिपसन जोडिएको हुन्छ ।

तपाईले माईक्रो एसडी स्टोरेज प्रयोग गर्नुभएको छ भने डिभाइसको सेटिंगमा गएर इन्क्रिप्ट गर्न सक्नुहुन्छ । आईओएस डिभाइसमा भने पासवर्ड राख्ने सुविधा हुने गर्दछ । यहीकारणले फोनमा फोटो लुकाउने विभिन्न उपायहरु हुने गर्दछन् ।