कीवर्डहरू -

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक हप्तामै लाइसेन्स दिने गरी यातायात व्यवस्था विभागले काम अघि बढाएको हो ।

सोमबार आर्थिक पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले एक हप्तामै ड्राइभिङ लाइसेन्स दिने गरी काम अगाडि बढाएको जानकारी दिएका हुन् ।

विभागले अहिले नयाँ प्रिन्टर खरिद गर्दै छ । त्यसका लागि गत हप्ता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । नयाँ प्रिन्टर खरिद गरेपछि २ वटा प्रिन्टरबाट कार्ड छपाइ हुनेछन ।

‘कसैले ट्रायल पास गरेर लाइसेन्सको राजस्व बुझाउछ भने त्यसको एक हप्तामा कार्ड दिने गरी तयारी सुरू गरेका छौं,’ महानिर्देशक भट्टराईले भने, ‘त्यसै उद्देश्यसहित नयाँ प्रिन्टर खरिद गर्न लागेका छौं । कार्ड पनि त्यसै अनुसार खरिद गरिरहेका छौं ।’

यो सबै तयारी गर्न ५-६ महिना लाग्ने उनले बताए । यसका लागि विभागले कानुन संशोधनको समेत तयारी गरेको छ ।

हाल विभागले ट्रायल पास गरेको एक वर्षसम्म परीक्षणकालिन लाइसेन्स र त्यसपछि मात्रै स्थायी ड्राइभिङ लाइसेन्स दिदै आएको छ ।