कीवर्डहरू -

११ लाख पुग्यो फोनपे मर्चेन्ट नेटवर्कको संख्या

११ लाख पुग्यो फोनपे मर्चेन्ट नेटवर्कको संख्या

फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या ११ लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कले मर्चेन्टको संख्या ११ लाख बढी पुर्‍याउने सफल भएको हो ।

योसँग फोनपेबाट ११ लाख भन्दा बढी व्यापार तथा व्यवसायमा सजिलै भुक्तानी गर्न सकिने छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो, जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ ।

फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो ।

फोनपेमा अहिले ६३ बैंक तथा वित्तिय संस्था आवद्ध भएका छन् भने १ करोड ७० लाख बढीले प्रयोग गरी रहेका छन् ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।