कीवर्डहरू -

यसरी चलाउनुहोस् स्मार्टफोनमा च्याटजीपीटी

यसरी चलाउनुहोस् स्मार्टफोनमा च्याटजीपीटी

च्याटजीपीटी एक एआई च्याटबोट सिस्टम हो । च्याटजीपीटी जीपीटी ३.५ मा आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो ।

यसको पेड भर्सनमा च्याटजीपीटी फोर पनि रहेको छ । यसले सामान्यतया छलफल गरे जस्तै अन्तर्क्रिया गर्न सक्छ र मान्छेले कुरा गरेको जस्तो आभास हुन्छ ।

यसकारण धेरै प्रयोगकर्ताहरुले यो एआई रुचाउन थालेका छन् । आज हामी स्मार्टफोनमा च्याटजीपीटी चलाउन के गर्ने भनेर सिकाउँदै छौँ । यसका लागि सर्वप्रथम आफ्नो स्मार्टफोनमा तपाईलाई मनपर्ने वेब ब्राउजर खोल्नुपर्ने हुन्छ ।

अब सर्चबारमा गएर च्याटजीपीटी टाइप गर्नुहोस् वा यस लिंकमा क्लिक गर्नुहोस् । त्यसपछि ट्राई च्याटजीपीटीमा क्लिक गर्नु होस् ।

अब यदी तपाईको अकाउन्ट छ भने लगइन गरेर प्रयोग गर्न सक्नुहुन्छ वा ईमेल आइडी प्रयोग गरी निःशुल्क अकाउन्ट बनाएर पनि चलाउन सकिनछ ।