कीवर्डहरू -

ट्राफिक प्रहरीले दिन थाल्यो क्यूआर कोडसहितको प्रतिलिपि

ट्राफिक प्रहरीले दिन थाल्यो क्यूआर कोडसहितको प्रतिलिपि

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोडसहितको प्रतिलिपि सिफारिस दिन सुरुवात गरेको छ।

सवारी साधनको कागजपत्र हराएको भनी प्राप्‍त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्रहरू भए/नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिन थालेको हो।

सिफारिस पत्रमा शंका लागेमा जुनसुकै क्‍यूआर कोड रिडरमार्फत क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी चेक गर्न सकिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

उनले भने, ‘सिफारिस नक्कली नहोस् भन्ने उद्देश्यले क्‍यूआर कोड रिडरसहितको प्रतिलिपि सिफारिस गरेका हौं।’