कीवर्डहरू -

अब ट्राफिक प्रहरीले काटेको चिट एसएमएसबाटै हेर्न मिल्ने

अब ट्राफिक प्रहरीले काटेको चिट एसएमएसबाटै हेर्न मिल्ने

के तपाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो  ? र तपाई सवारीको कागजात ट्राफिक प्रहरीले  कहाँ राखेको छ भनेर चिन्तित हुनुहुन्छ ? अब चिन्ता मान्नु पर्दैन ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डकुमेन्ट ट्रयाकिङ सिष्टम (डीटीएस) सक्रिय बनाएको छ ।

उक्त डीटीएस प्रणालीबाट जोसुकैले काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)बाट ट्राफिक कारबाहीमा खिचिएको कागजातपत्र जानकारी लिन सक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रवक्ता भट्टले भने, ‘ उत्यकाका कुनै पनि ट्राफिक प्रहरीले चिट काटेमा तपाईले आफ्नो मोबाइल बक्समा Echalan टाइप गरी एक स्पेस दिएर आर्थिक वर्ष, प्रदेश र जिल्ला कोडको लागि ६ वटा शून्‍य तथा चिट नम्बर लेखी ३४००१ मा
पठाउनु पर्ने हुन्छ । केही समयपछि खिचिएको तपाईको कागजात कुन ट्राफिक प्रहरी कार्यालयमा छ भनी एसएसएसमार्फत जानकारी पाउनुहुनेछ ।’