कीवर्डहरू -

अमेरिकी सरकारको निशानामा टिकटक : प्रतिबन्ध लगाउनै सकस

अमेरिकी सरकारको निशानामा टिकटक : प्रतिबन्ध लगाउनै सकस

सामाजिक सञ्जाल टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साउ झी चिउलाई अमेरिकी संसदले मार्च २३ , २०२३ मा पहिलो पटक बयान लियो । विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खतरा पुर्‍याएको भन्दै टिकटकका सीईओ चिउसँग करिब पाँच घण्टासम्म प्रश्न उठाइएको थियो , जहाँ अमेरिकी सांसदहरुले टिकटकमाथि प्रतिबन्ध नलगाउनु पर्ने कारण मागेका थिए ।

ब्यानका क्रममा टिकटका सीईओ चिउले कसैको पनि डेटाको अनधिकृत र अनैतिक तवरले प्रयोग नहुने अमेरिकी संसदमा जवाफ दिएका छन् । चिउले संसदमा भनेका थिए , ‘ अमेरिकीहरुको डेटा अमेरिकन सर्भर अमेरिकामै छ , अमेरिकन भूमिमा अमेरिकी कर्मचारी हरुले नै डेटा हेर्ने कुनै पनि हिसाबले खतरा देख्दिन म।

\"\"

चिउका अनुसार डेटा सुरक्षाकै लागि डेढ अर्ब अमेरिकी डलर खर्च गरी अमेरिकी कम्पनी ओर्‍याकलसँग सहकार्य गरी १ हजार ५सय जनालाई रोजगारी दिइएको छ । तर अमेरिकाले पटकपटक टिकटकविरुद्ध प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको छ , त्यति लोकप्रिय पनि भइरहेको छ ।

प्रोजेक्ट टेक्ससको प्रभावबारे आशंका

अमेरिकी प्रयोगकर्ताको डेटामा चिनियाँ प्रभाव छ भन्ने अमेरिकी सरकारले बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ । यही चिन्तालाई सम्बोधन गर्नका लागि टिकटकले प्रोजेक्ट टेक्सस ल्याउने भएको छ जसअन्र्तगत टिकटकले सबै अमेरिकी युजर डेटालाई स्थानीय सर्भरमा ट्रान्सफर गर्नेछ । यसले गर्दा अमेरिकी टेक फर्म ओर्‍या कलले अझै गहन रुपमा टिकटकको सोर्स कोडलाई अध्ययन गर्न सक्नेछ ।

ओराकल टिकटकका लागि थर्ड पार्टी मनिटरको रुपमा रहनेछ । ओराकलले सबै सोर्स कोड यही वर्षको अन्त्यसम्ममा रिभ्यु गर्ने समेत बताएको छ तर केही कानून निर्माताले त्यति धेरै सोर्स कोड यही वर्ष भित्रमा हेरिसक्ने विषयमा शंका व्यक्त गरेका छन्।

सफ्टवेयर इन्जिनियर तथा क्यालिफोपर्नया रिपब्लिकनको कङ्ग्रेसम्यान रहेका जे ओबरनोटलले अमेरिकी सरकारलाई डेटा सुरक्षा मामिलामा ढुक्क बनाउन प्रोजेक्ट टेक्सससँग क्षमता नरहेको बताएका थिए ।

चीनसँग रहेको टिकटकको सम्बन्धबारे प्रश्न

अमेरिकी प्रशासनले सुरुदेखि नै बाइटडान्स र कार्यकारी सदस्यहरुको चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहेको आशंका गर्दै आएका छन् ।

बयानका क्रममा सुनुवाइ समितिले बारम्बार च्युलाई कति पटक चिनियाँ कम्युनिस्ट पार्टीसँग भेटघाट गर्ने गरेको भनेर प्रश्न गरेका थिए ।

\"\"

योसँगै प्रोजेक्ट टेक्ससले चीनको हरेक कम्पनीले मागेको समयमा डेटा उपलब्ध गराउनुपर्ने नीतिको विरोधमा काम गर्न सक्छ त भनेर प्रश्न गरेका थिए । अमेरिकको प्रशासकीय समितिका टोनी कारडेनासले च्युलाई टिकटक चिनियाँ कम्पनी हो त ? भनेर सिधै प्रश्न पनि तेर्साएका थिए । जवाफमा च्युले टिकटक एक विश्वव्यापी कम्पनी भएको र यसको मुख्यालय सिङ्गापुर र लस एन्जेलेसमा रहेको बताएका थिए ।

यस्तै फ्लोरिडाका रिपब्लिकन निल डनले च्युलाई 'के टिकटकले कहिले अमेरिकी नागरिकमाथि जासूसी गरेका छ ?' गरेको प्रश्नमा च्युले जासूसी गर्ने खालको कुनै पनि गतिविधि कम्पनीले नगरेको जवाफ दिएका थिए ।

बालबालिकाको सुरक्षा र मानसिक स्वास्थयमा संकट

शो चीउसँग कङ्ग्रेसको छलफलमा टिकटकको युवा प्रयोगकताहरुको सुरक्षालाई पनि विशेष महत्वका साथ हेरिएको थियो । विगत केही वर्षदेखि युवा पुस्तामाझ टिकटक सबैभन्दा लोकप्रिय एप बन्दै गएको छ ।

अमेरिकामा ६७ प्रतिशत टिकटकको प्रयोगकर्ता १३ देखि १७ वर्षका छन् र १६ प्रतिशत युवाहरुले टिकटक सबैभन्दा बढी चलाउने गरेको बताएका छन् ।

सांसदहरुले बयानकाक्रममा टिकटकमा लागुपदार्थ सम्बन्धी सामाग्रीहरु एकदमै डरलाग्दो गरी फैलिएको बताएका थिए । युवाहरुले टिकटकमार्फत नै यी लागु पदार्थको खरिद गर्न पाइरहेको प्रति च्यूको ध्यानाकर्षण गराइएको थियो ।

\"\"

उनलाई बालबालिकाले यसरी खुलमखुला लागु औषध किन्न पाउनु ठीक हो भनी प्रश्न गरिएको थियो । तर च्युले उक्त कन्टेन्टहरुले टिकटकको नीतिलाई उल्लंन गर्ने भएकाले ती कन्टेन्टहरु एपमा देखिएमा एपले डिलिट गर्ने गरेको बताएका थिए ।

हामीलाई यस विषयलाई एकदमै गहन रुपमा लिने गर्दछौँ। च्युले भने । यो विश्वव्यापी समस्या नै भएकाले  एउटा ठूलो चुनौतीको रुपमा रहेको तर टिकटकले सकेसम्म यस्तो पोस्ट धेरै दर्शकमाझ नपुग्न दिन काम गरिरहेको पनि च्युले बताएका थिए ।

अरु कंग्रेसका व्यक्तिहरुले प्लेटफर्ममा आत्मघाती , इटिङ डिस्अर्डर सम्बन्धि कन्टेन्ट किन राखेको भनेर प्रश्नहरु गरेका थिए । टिकटकको एपमा बेलाबेलामा आउने यस्ता खतरनाक चुनौतीहरुले माानसिक स्वास्थयमा पार्ने प्रभावबारे पनि छलफल गरिएको थियो ।

जसमा टिकटकमा आत्मघाती कन्टेन्ट हेरेर आत्महत्या गरेकी एक किशोरीको आमावुवा पनि रहेको बताइएको थियो बयानकाक्रममा ।  उनको उदाहरण लिएर सांसदहरुले यस्ता घटनाहरुलाई दाहोरिन नदिन थप सजगताका साथ लाग्नुपर्ने सुझाएका थिए ।

\"\"

टिकटकमाथिको प्रतिबन्ध लगाउनै सकस

अमेरिकाको संघीय सरकारले सरकारी डिभाइसहरुमा टिकटकलाई पहिलेदेखि नै प्रतिबन्धित गरिदिएको छ । योसँगै बाइडेन सरकारले देशव्यापी रुपमा सबै डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाउने बारे पनि चेतावनी दिदै आएको छ । तर , टिकटका सिइओसँग अमेरिकाको कंग्रेसको छलफल भएपश्चात एपको प्रतिबन्ध हुने पक्ष अझै अन्योलमा पुगेको छ।

प्रतिबन्धअघि लिइएको बयानमा सीईओ च्युले जेसुकै भनेतापनि प्रशासनका अधिकारीहरुले भने टिकटक चिनियाँ कम्युनिस्ट पार्टीले दुरुपयोग गर्न सक्ने दाबी गरेका थिए ।

\"\"

किनकी चिनियाँ सरकारले मागेको समयमा जुनसुकै डेटा पनि चिनियाँ कम्पनीहरुले उपलब्ध गराउनुपर्ने नियम भएकाले च्युको भनाइमा विश्वास नरहेको निष्कर्ष निकालेका थिए त्यसकारण बयानमा उपस्थित सांसदहरुले टिकटकलाई प्रतिबन्ध लगानुमा नै उपर्युक्त हुन्छ भन्नेमा जोड दिएका थिए ।

यता , अमेरिकामा देशव्यापी रुपमा टिकटकमाथि प्रतिबन्ध लगाउन भने अझै सहज छैन । यसअघि ट्रम्प प्रशासनले पनि टिकटक माथि प्रतिबन्ध लगाउन खोज्दा फ्रि स्पीचमा अवरोध हुने भन्दै तत्काल अमेरिकी अदालतले प्रतिबन्ध नगर्न आदेश दिएको थियो ।

साथै अमेरिकामा मात्रै टिकटकको १ करोड ५० लाख प्रयोगकर्ताहरु रहेकाले पनि एपमाथि प्रतिबन्ध लगाउन अमेरिकी सरकारलाई बारम्बार समस्या हुने गरेको छ।

\"\"

अमेरिकाको लाखौँ प्रयोगकर्ता टिकटक प्रतिबन्धको विरोधमा छन् । फाइट फर द फ्युचर , सेन्टर फर डेमोक्रेसी एन्ड टेक्नोलोजी र अमेरिकन सिभिल लिबर्टी युनियनलगायत नागरिक स्वतन्त्रता , गोपनीयता र सुरक्षा समूहको गठबन्धनले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको उल्लंघन हुने तर्क गर्दै प्रतिबन्धको विरोध गर्दै पत्र लेखेका छन् ।

टिकटकमाथिको प्रतिबन्धले डिजिटल स्पेसको वाक स्वतन्त्रतामा पनि ठूलो धक्का लाग्नै भन्दै उनीहरुले कडा चेतावनी दिएका छन् । एजेन्सीहरुकाे सहयोगमा