कीवर्डहरू -

सन् २०२४ मा सार्वजनिक हुँदै होन्डाको पहिलो विद्युतीय गाडी

सन् २०२४ मा सार्वजनिक हुँदै होन्डाको पहिलो विद्युतीय गाडी

सन् २०२४ मा होन्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक हुने भएको छ । होन्डाको पहिलो विद्युतिय एसयुभीलाई प्रोलग नाम दिइएको छ ।

रोशो नोटका अनुसार यो विद्युतिय गाडी सन् २०२४ को सुरुवातमा आउने छ । होन्डाकै एक्युरा एसयुभी पनि सन् २०२४ मा सार्वजनिक हुने जनाइएको छ ।

प्रोलगको फिचरका बारेमा कम्पनीले अहिले पनि खासै जानकारी दिएको छैन् । कम्पनीले दुवै प्रोलग र एक्युरामा जिएमको अल्टीयम ब्याट्री प्रयोग हुनेछ ।

कम्पनीले विद्युतिय गाडीहरु नयाँ ई-आर्किटेक्चर प्रयोग गरेर बनाउने पनि बताएको छ । प्रोलग होन्डाका लागि पछिल्लो समयमा सबैभन्दा महत्वपूर्ण गाडी हुने जनाइएको छ ।

कम्पनीले सन् २०४० सम्ममा पूर्ण रुपले आफ्नो व्यवसायलाई विद्युतीय गाडीमा परिणत गर्ने योजना राखेको छ । सन् २०३० सम्ममा पनि धेरै गाडीको ब्याट्री र हाइड्रोजन फ्यूल सेल हाल्ने कम्पनीले बताएको छ ।