कीवर्डहरू -

राष्ट्र बैंकको क्रिप्टोकरेन्सी सम्बन्धि जोखिम विश्लेष्णः प्रतिबन्ध कायमै राख्नु वाञ्छनीय

राष्ट्र बैंकको क्रिप्टोकरेन्सी सम्बन्धि जोखिम विश्लेष्णः प्रतिबन्ध कायमै राख्नु वाञ्छनीय

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमाथि लगाएको प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको बताएको छ । राष्ट्र बैंकले गरेको क्रिप्टोकरेन्सी सम्बन्धि जोखिम विश्लेष्णमा प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको निष्कर्ष निकालिएको हो ।

उक्त प्रतिवेदनमा क्रिप्टोकरेन्सी देशका लागि मात्र भनइ संलग्न व्यक्तिका लागि समेत जोखिम रहेको उल्लेख गरिएको छ ।

‘क्रिप्टोकरेन्सीबाट समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम, वित्तीय स्थायित्व नहुने सम्बन्धी जोखिम, मौद्रिक नीति कार्यान्वयन नहुने सम्बन्धी जोखिम, विदेशी विनिमय सञ्चितिमा नकारात्मक असर पर्न सक्ने सम्बन्धी जोखिम, सम्पत्ति शुद्धीकरण तथा आतङवादी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिम, वित्तीय ग्राहक संरक्षण सम्बन्धी जोखिम, लगानीको असुरक्षा हुने सम्बन्धी जोखिम ठगी तथा कर छली सम्बन्धी जोखिम, अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंगको सहकार्य विरुद्ध हुने सम्बन्धी जोखिम, वित्तीय मध्यस्थता नहुने सम्बन्धी जोखिम आदि विद्यमान रहने हुँदा नेपाल राष्ट्र बैंकले लगाएको प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको छ,’ विश्लेषणकोन निष्कर्षमा भनिएको छ ।

क्रिप्टोकरेन्सीमा कुनै देश सरकारको प्रत्याभूति जमानत नहुने, कुनै पनि सुरक्षण नहुने, वित्तीय मध्यस्थकर्ता नहुने तथा सट्टेबाजी प्रयोजन बाहेक अन्य कुनै पनि उपयोगिता नहुने र उक्त अदृश्य वस्तु सर्वस्वीकार्य नभई केही निश्चित समूह मिली आपने निहित स्वार्थको लागि मात्र जारी प्रयोग हुने विश्लेष्णमा उल्लेख गरिएको छ ।

विश्वका विभिन्न देशहरुले आ-आफ्नो मौलिक आवश्यकतानुसार क्रिप्टोकरेन्सीसम्बन्धी फरक-फरक व्यवस्था अङ्गिकार गरेका छन् । तर नेपालले भने यसलाई प्रतिबन्ध लगाउँदै आएको छ ।

नेपालले अन्य मुलुकसँग हुने पुँजीगत कारोबारमा नियन्त्रित व्यवस्था गरेको र नेपालवाट विदेशमा लगानी गर्न प्रतिबन्ध रहेको हुँदा क्रिप्टोकरेन्सीको कारोवारबाट उक्त व्यवस्थाहरुको बर्खिलाप हुन जाने हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रदान गरी नेपाल राष्ट्र बैंकले विभिन्न मितिहरुमा सार्वजनिक सूचना प्रकाशन गर्दै क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै आएको छ ।

यस्तो छ जोखिम विश्लेष्ण