कीवर्डहरू -

शुभ लक्ष्मी कोषको एसआईपी र युनिट खरिदको भुक्तानी अब इसेबाटै

शुभ लक्ष्मी कोषको एसआईपी र युनिट खरिदको भुक्तानी अब इसेबाटै

लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) र युनिट खरीद दुबै इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

इसेवा एप तथा वेबपेजमा रहेको फाइनान्सियल सर्भिसेस भित्र गएर, इन्भेष्टमेन्ट बटन छनोट गरी लक्ष्मी मयुचुअल फण्डको एसआईपी र युनिट खरिद गर्न सकिने छ । एसआईपी र युनिट खरिद गर्न क्यापिटलमा दर्ता नभएका ग्राहकहरुलाई इसेवा मार्फत नै रजिस्टर गर्न मिल्ने गरी सो सेवा उपलब्ध गराइएको छ ।

साथै, इसेवा र इसेवा रेमिटले सीप परीयोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा आबद्ध नेपालीहरुलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

यस कार्यक्रम अन्तर्गत, बैदेशिक रोजगारमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सलाई सहज रुपमा लगानी गर्न शुभ लक्ष्मी कोषको एसआईपी र युनिट उपयोगी हुने विश्वास गरिएको छ ।

विद्युतिय माध्यमबाट भुक्तानी सेवाहरु प्रदान गरिरहेको इसेवामा हाल ७० लाख प्रयोगकर्ता रहेका छन । यसैगरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवामा देशभर करिब १ लाख ८५ हजार  एजेन्ट (इसेवा जोन तथा पोइन्ट) आवद्ध रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, टीएमएसको भुक्तानी, स्कुल कलेज लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।