कीवर्डहरू -

विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउँदै माइक्रोसफ्ट

विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउँदै माइक्रोसफ्ट

माइक्रोसफ्टले विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउन काम गर्ने भएको छ । अहिलेसम्म यसले मनिटरमा रहेको कुराको स्नापसट लिएर क्लिपबोर्डमा पठाउने गर्दछ ।

तर अब विन्डोज ११ मा प्रिन्ट सक्रीनले स्क्रीनको स्नापसटमात्रै नलिएर अझै धेरै फिचर भएको र स्क्रीनसट लिने फिचरको परिमार्जित टूल स्नीपिङ टूललाई खोलिदिने गर्दछ । स्नीपिङ टूलले प्रयोगकर्ताहरुलाई स्क्रीनको कुनै एक भागलाई मात्रै क्याप्चर गर्न दिन्छ ।

यसमा सबै कुरा एकैचोटि खिच्न पनि मिल्छ र कुनै एक भागलाई मात्रै खिच्न पनि मिल्छ । अहिलेपनि स्नीपिङ टूल विन्डो प्लस सिफ्ट प्लस एस थिचेर आउने गर्दछ तर प्रिन्ट स्क्रीनमै यो फिचरआएमा प्रयोगकर्तालाई झनै सहज हुन्छ । यो फिचर अहिले जाँचको अवस्थामा रहेको छ र चाँडै सावजनिक हुनेछ  ।