कीवर्डहरू -

सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्दै एप्पल

सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्दै एप्पल

एप्पलले आगामी सेपटेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने भएको छ । यस वर्ष पनि एप्पलले आइफोन १५, आइफोन १५ म्याक्स, आईफोन १५ प्रो प्रो र आईफोन १५ प्रो म्याक्स मोडेल सार्वजनिक गरिने आशङ्का गरिएको छ ।

यस पटकको मोडेलमा  आईफोन १५ प्रो म्याक्समा टाइटेनियमको अलोइ प्रयोग गरिएको छ भने यूएसबीसी चार्जिङ पोर्ट रहेको छ ।

यो वर्ष आइफोन १५ प्रो म्याक्स डार्क रेड रंगमा पनि सार्वजनिक अनुमान गरिएको छ । यसैगरी एप्पलले आइफोन १५ प्रो मोडेलमा मात्रै अब वाईफाई सिक्स ई उपलब्ध गराउने छ ।

वाइफाइ सिक्स ई आइफोन १५ प्रो र प्रो म्याक्सका लागि उपलब्ध हुनेछ । एप्पलका विगत केही प्रडक्टहरु जस्तै म्याक मिनी, म्याकबुक प्रो र आइप्याड प्रोले वाइफाइ सिक्सलाई सपोर्ट गर्ने बताइएको छ ।

यसले गर्दा कनेक्टीभिटी स्पीडको गति पनि बढ्ने छ । इन्टरनेटमा अझै राम्ररी सेवा लिन सघाउने छ । यसअघि यो फिचर आइफोनको सबै मोडेलका लागि उपलब्ध हुने गर्दथ्यो ।