कीवर्डहरू -

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक भएको छ । ह्याक भएपछि अहिले राष्ट्रिय योजना आयोगको वेबसाइटको डीएनएस रेकर्ड डाउन गरिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रेमश पोखरेलका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रले डीएनएस रेकर्ड राखेको र त्यसलाई अहिले बन्द गरिएको छ ।

राष्ट्रिय योजना आयोगले आफ्नो वेबसाइटको सर्भर आफै व्यवस्थापन गर्दै आएको छ । स्क्युएल इन्जेक्सन गरेर योजना आयोगको साइटलाई अरू नै साइटमा रिडाइरेक्ट गराइएको उनले बताए ।

\"\"
रिडाइरेक्ट गरिएको साइटको इमेज