कीवर्डहरू -

आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइज नहुँदा प्रभावकारी भएन एकल बिन्दु सेवा केन्द्र

आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइज नहुँदा प्रभावकारी भएन एकल बिन्दु सेवा केन्द्र

एकल बिन्दु सेवा केन्द्रका लागि आवश्यक सफ्टवेयर विकास नहुँदा सेवा प्रवाह प्रभावकारी नभएको महालेखाले जनाएको छ ।

६० औं वार्षिक प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले एकल बिन्दु सेवा केन्द्र स्थापना भएपनि क्षेत्रगत रूपमा पूर्ण अटोमेसनमा लैजान आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन नभएको तथ्य बाहिर ल्याएको हो ।

‘एकल बिन्दु सेवा केन्द्र स्थापना भए तापनि संगठन संरचनाअनुसार क्षेत्रगत रूपमा पूर्ण अटोमेसनमा लैजान आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन कार्य सम्पन्न हुन नसकी सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन । लक्ष्यअनुसार सेवा प्रवाह प्रभावकारी हुने गरी सुधार गर्नुपर्दछ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ३५ मा यस ऐन तथा प्रचलित अन्य कानूनबमोजिम उद्योग वा लगानीकर्तालाई प्राप्त हुने छुट सुविधा वा सहुलियत र उद्योगको लागि आवश्यक पर्ने पूर्वाधारसम्बन्धी सेवा समयमै सरल र सहज रूपमा एकै स्थानबाट उपलब्ध गराउन २०७६ जेठ १ गते एकल विन्दु सेवा केन्द्र स्थापना भई सञ्चालनमा रहेको छ ।