कीवर्डहरू -

एभरेस्ट बैंकको मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने

एभरेस्ट बैंकको मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने

एभरेस्ट बैङ्कको मोबाइल बैङ्किङ एप ‘ईबीएल टच २४’मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

एभरेस्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैङ्किङ एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

यो सेवा सुरुवात भएसंगै एभरेस्ट बैङ्कको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

ग्राहकहरूले भुक्तानी गरेलगत्तै रकम सिधै एभरेस्ट बैङ्कको खातामा जम्मा हुने सुविधा भएको यस सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुविधा पुग्ने विश्वास लिइएको छ ।