कीवर्डहरू -

गर्ल्स इन आइसिटी डे : महिला सशक्तिकरणको अभियान 

गर्ल्स इन आइसिटी डे : महिला सशक्तिकरणको अभियान 

आज गल्र्स इन आइसिटी डे । विश्वव्यापी रुपमा अनेकन कार्यक्रमहरु गरी महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा लाग्न प्रोत्साहित गर्ने उद्देश्य साथ गल्र्स इन आइसिटी डे मनाउँदै आएको छ । आइसिटी क्षेत्रमा महिला तथा किशोरीहरुको पहुँच तथा चेतना बढाउनलाई सुरु गरिएको गल्र्स इन आइसिटी डे वार्षिक रुपमा मनाउँदै आएको हो ।

अन्तर्राष्ट्रिय तहमा यस वर्षको प्रमुख थिम डिजिटल स्कील फर लाइफ रहेको छ भने नेपालमा प्रविधि र किशोरीः समयसँगै अघिसरि थिममा आधारित भएर गल्र्स इन आइसिटी डे मनाइएको छ ।

यो नारा अहिलेको वास्तविक समयमा पनि एकदमै सार्थक रहेको नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक तथा साइबर सुरक्षा अनुसन्धान र नवीनता केन्द्रकी उपाध्यक्ष रोजा किरण बासुकला बताउँछिन् ।

यस थिमले यूएनको दिगो विकास लक्ष्यलाई पनि तीन पाटोबाट छुने गर्दछ । तीनओटा पाटोमा लैंगिक समानता, भोकमारी उन्मुलन र गरिबी कमि गर्ने रहेको छ र यही कुरालाई यस वर्षको थिमले पनि सपोर्ट गर्छ ।

आइसिटीको क्षेत्रमा महिलाहरुको शङ्ख्या एकदमै कम भएकाले विश्व दूरसञ्चार संघले सन् २०११ मा एक पहलको रुपमा गल्र्स इन आइसिटी डेको सुरुवात गरेको हो जुन अहिले विश्वव्यापी रुपमा वार्षिक कार्यक्रमको रुपमा मनाउन थालिएको छ ।

गल्र्स इन आइसिटी डे अप्रिल महिनाको चौथो बिहिबारमा पर्ने गर्दछ । यसले आइसिटी क्षेत्रमा रहेको लैंगिक दूरीलाई कम गर्नका लागि समेत काम गर्ने गर्दछ । सन् २०११ मानै अरु देशमा गल्र्स इन आइसिटी डे मनाउन थालिएता पनि नेपालमा भने आइटियू डेको अवसर पारेर सन् २०१२ देखि गल्र्स इन आइसिटी डे मनाउन थालिएको र सन् २०१३ देखि यो औपचारिक रुपमानै मनाउँदै आएको बासुकला बताउँछिन् ।

सुरुवाती अवस्थामा कुल १२/१३ प्रतिशतको हाराहारीमा प्रविधिमा महिलाको संलग्नता रहेको थियो भने अहिले दश वर्ष बितिसक्दा २० प्रतिशतको हाराहारीमा महिलाहरु सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका छन् ।

यस्तै १० वर्ष पहिले आइसटी विषयहरुबाट स्नातक तह पूरा गर्ने महिलाहरु कुल २० प्रतिशतको हारहारीमा थिए । तर, अहिले कुल ३० प्रतिशत महिलाहरु आइसिटी सम्बन्धि विषयहरुबाट स्नातक तह पूरा गरिरहेका छन् ।

कुल महिलाको संख्यामा वृद्धि हुुनु नै एक सकारात्मक दृश्य भएको तर अझै पनि लैंगिक दूरी कम गर्न धेरै काम गर्नुपर्ने बासुकला बताउँछिन् । संख्यामा वृद्धि हुनुको श्रेय गल्र्स इन आइसिटी जस्ता अभियानसमेत रहेको उनको भनाइ छ ।

जीवनमा डिजिटल सीपको महत्वबारे किशोरी तथा महिलाहरुलाई सिकाउने उद्देश्य यस वर्षको गल्र्स इन आइसिटी डेले बोकेको छ । महिलाहरुलाई डिजिटल संसारको उपभोग गर्नका लागि पनि यस दिवसले सशक्तिकरण गर्ने लक्ष्य बोकेको छ ।

‘अब हामी डिजिटल सामाग्रीको उपभोक्ता मात्रै होइन् डिजिटल क्रियटर समेत हुनुपर्छ । कुनै प्रडक्ट, सिस्टम, सोल्युसन हरकुनै माध्यमबाट प्राविधिक सोल्युसनहरु ल्याएर महिलाहरुले पनि योगदान दिन सकून भन्नेनै यस दिवसको प्रमुख लक्ष्य हो ।’ बासुकला बताउँछिन् ।

महिलाहरुलाई सशक्तिकरण गर्ने र आइसिटी क्षेत्रमा लाग्न प्रोत्साहित गर्नका लागि सूचना प्रविधिमा महिला ९डब्लुआइआइटी० संस्थाको स्थापना भएको हो र यो दिवस र संस्थाको एउटै उद्देश्य रहेकाले डब्लुआइआइटीले पनि सन् २०१९ को अगष्टमा स्थापना भएपश्चात विभिन्न कार्यक्रमहरु गरेर गल्र्स इन आइसिटी डे मनाउँदै आएको डब्लुआइआइटीकी कार्यकारी समिति सदस्य बासुकला बताउँछिन् ।

आज डब्लुआइआइटीले प्रविधि र किशोरीः समयसँगै अघि सरि विषयमा वेबिनार आयोजना गरेको थियो । सो वेबिनार माध्यमिक तहका विद्यार्थीहरुलाई लक्षित गरिएको थियो ।

कार्यक्रममा वक्ताको रुपमा स्मार्ट चेलीकी सीइओ प्रतिक्षा पाण्डे र बिआइसी टेक्नोलोजीकी सहसंस्थापक प्रार्थना शाख रहेका थिए ।

यस वर्षको प्रमुख थिम डिजिटल स्कील फर लाइफ रहेको र सोही विषयमा रहेर वेबिनार सञ्चालन भएको वुमन इन इन्फोरमेसन टेक्नोलोजीकी अध्यक्ष गुण केशरी प्रधानले बताइन् ।