कीवर्डहरू -

आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आई पे रेमिटको कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषि राम ढकालले हस्ताक्षर गरेका छन् ।

यससँगै आई पे रेमिटमार्फत मलेसिया, दुबई, कतार, जापान, कोरियाका साथै विश्वका विभिन्न मुलुकबाट पठाएको रेमिटेन्स रकम राष्ट्रिय वाणिज्य बैंकको शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

विगत १२ वर्ष देखि विप्रेषण क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको आई पे रेमिटले नेपालभर छरिएर रहेका २००००ंं+ बढी साझेदारबाट भुक्तानी सेवा दिँदै आएको छ ।

साथै कम्पनीले रियल टाइम अकाउन्ट डिपोजिट/रियल टाइम आलेट टपअप र क्यास पिकअप सुविधासमेत प्रदान गर्दै आएको छ ।