कीवर्डहरू -

सिटिजन्स बैंकको नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सार्वजनिक

सिटिजन्स बैंकको नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सार्वजनिक

सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराजपोखरेलले सो मस्कट सार्वजनिक गरेका हुन्  ।

आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

च्याटबट एक एआई द्वारा संचालित भर्चुअल सहायक भएको बैंकको भनाइ छ ।  जसले ग्राहकहरूसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गर्छ ।