कीवर्डहरू -

गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले किन गरिरहेका छन् कर्मचारी कटौती ?

गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले किन गरिरहेका छन् कर्मचारी कटौती ?

विश्वका ४ ठूला प्राविधिक कम्पनीहरू(गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गत महिनाहरूमा हजारौं कर्मचारीहरूलाई कम्पनीबाट बाहिर निष्कासित गरिरहेका छन् । आर्थिक समस्या र व्यवसायलाई व्यवस्थित बनाउन रोजगारी कटौती गरिरहेको कम्पनीहरुको भनाइ छ ।

यी कम्पनीहरूमा डाउनसाइजिङ वा लेअफहरू हुनुको मुख्य कारण सबैले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मा धेरै लगानी गरिरहेकोलाई मान्न सक्छन् । यसरी टेक कम्पनीहरुको एआईमा किन धेरै भरपर्दै छन् र यसको लगानीमा लाखौँको खर्च किन गरिरहेका छन् भन्नेबारे आज हामी छलफल गर्नेछौँ । यो लेख दोस्रो त्रैमासिकमा सबै कम्पनीले गरेको आम्दानीको आधारमा रहेर लेखिएको हो ।

गुगल -सुन्दर पिचाई

\"\"

अल्फाबेट र गुगलका सीईओ सुन्दर पिचाईले गूगलको यस त्रैमासिकमा भएको आम्दानीको बारेमा कुरा गर्दा कम्पनीले आफ्नो एआई योजनाहरूमा राम्रो प्रगति गरिरहेको बताए । पिचाईले खोज सुधार गर्न जेनेरेटिभ एआई समावेश गर्न जारी राख्ने समेत खुलाएका छन् ।

उनले थप कम्पनीले विज्ञापनको रूपान्तरण दर सुधार गर्न र एआई मोडेलमा जाने विषाक्त पाठको मात्रा कम गर्न एआई प्रयोग गरिरहेको बताएका छन् । हालै, कम्पनीले माइक्रोसफ्ट र च्याटजीपीटी–निर्माता ओपनएआई जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न गुगल ब्रेन र डीपमाइन्डलाई मर्ज गरी गुगल डीपमाइन्ड बनाएको छ ।

माइक्रोसफ्ट(बिंग सत्य नडेला)

\"\"

माइक्रोसफ्टले ओपनएआईमा ठूलो लगानी गरेको छ । कम्पनीले जीपीटी टेक्नोलोजी आफ्नो बिंग सर्च इन्जिन र अफिस सुइटमा प्रयोग गरिरहेको छ । सीईओ सत्य नडेलाका अनुसार एआईले कम्पनीको राजस्व वृद्धिलाई ड्राइभ गर्नेछ । माइक्रोसफ्टले च्याटबट थपेपछि बिङको डाउनलोड चार गुणा बढेको उनले बताएका छन् ।

माइक्रोसफ्टले बिंग एकीकरणमार्फत २०० मिलियनभन्दा बढी इमेजहरूसमेत उत्पन्न गरेको छ । नाडेलाले एआईलाई शक्ति दिन आवश्यक पर्ने ठूला डाटा सेन्टरहरू निर्माण गर्न ठूलो मात्रामा पुँजी आवश्यक पर्ने बताए । उनल हामी हाम्रो क्लाउड पूर्वाधारमा लगानी गर्न जारी राख्नेछौ र त्यसमा पनि विशेष गरी एआई सम्बन्धित खर्च कम्पनीले गरिनै रहने विषयमा जोड दिएका छन् ।

अमेजन-एन्डी जसी

अमेजनका सीईओ एन्डी जसीले पनि एआईमा लगानी गर्ने बारेमा रुची देखाएका छन् । कम्पनीको जेनेरेटिभ एआई योजनाहरूमा सोधिएको प्रश्नको जवाफ दिँदै, कम्पनीले एलएलएमको निर्माण गर्दै गरेको र मेसिन लर्निंगको लागि डाटा सेन्टर चिपहरू डिजाइन गरिरहेको बताएका छन् ।

जेसीले एलएलएमले एलेक्सालाई विश्वको उत्कृष्ट व्यक्तिगत सहायक बन्ने सम्भावनालाई गति दिइरहेको कुरामा पनि विश्वस्त रहेको बताएक छन् । उनले एआई मोडललाई तालिम दिन अर्बौं खर्च हुने बताए । एआइमा लगानी गर्न अरु कम्पनीको तुलनामा एआइ कतैबाट पनि पछि नहुने जसीको ठहर छ ।

मेटा - मार्क जुकरबर्ग

\"\"

मेटाका सीईओ मार्क जुकरबर्गले मेटाभर्स प्रोजेक्टमा घाटा भए पनि कम्पनीले यसमा काम गरिरहने भन्ने विषयमा जोड दिएका छन् । कम्पनीले फेसबुकको समाचार फिड वा विज्ञापन प्रणाली जस्ता उत्पादनहरू पावर गर्न एआइ र मेसिन लर्निङ प्रविधिहरूमा काम गरिरहेको समेत जुकरबर्गले खुलाएका छन् ।

जुकरबर्गले सन् २०२३ एकदमै अचम्मको वर्ष रहेको र अहिले भइरहेको कामले आगामी दिनमा प्रत्येक एप र सेवाहरूलाई प्रभाव पार्ने जानकारी दिएका छन् । कम्पनीले ह्वाट्सएप र फेसबुक मेसेन्जरमा च्याट एक्सपेरियेन्स, र फेसबुक र इन्स्टाग्राममा पोष्टहरूका लागि इमेज सिर्जना गर्ने उपकरणहरू सहित प्रविधिको उपयोगमा ध्यान केन्द्रित गर्ने लक्ष्य राखेको छ ।

(एजेन्सीहरुको सहयोगमा)