कीवर्डहरू -

आईबीएमले अब नयाँ कर्मचारी भर्ना नगर्ने, त्यसको साटो एआईले काम गर्ने

आईबीएमले अब नयाँ कर्मचारी भर्ना नगर्ने, त्यसको साटो एआईले काम गर्ने

टेक कम्पनी आईबीएमले आगामी वर्षहरुमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ । कम्पनीले नयाँ कर्मचारी भर्ना गर्नुको सट्टा एआई प्रयोग गर्ने जनाएको छ । अर्थात् कम्पनीको कर्मचारीहरुले गर्ने काम अब एआईले गर्ने छ ।

इन्टरनेशनल बिजनेस मेसिन (आईबीएम) कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृतले यो कुरा बताएका छन् । कम्पनीले एआइको विकासमा ध्यान केन्द्रित गर्नेछ र आगामी केही वर्षहरूमा, एआइले कम्पनीमा ३० प्रतिशत कामहरू प्रतिस्थापन गर्नेछ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा कम्पनीहरु अब श्रमशक्ति घटाउने बाटोमा छन्। यही कार्य अहिले अरु ठूला टेक कम्पनीहरुले पनि गर्न थालेका छन् ।

ब्लूमबर्गको रिपोर्टका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरविन्द कृष्णाले आगामी ५ वर्षमा कम्पनीले आफ्नो ३० प्रतिशत जागिर एआईबाट प्रतिस्थापन गर्ने बताएका छन् ।

यसका लागि कम्पनीले नयाँ कर्मचारी नराख्ने सन्देश दिएको छ । सीईओका अनुसार एआइले गर्दा ७ हजार ८ सय रोजगारी प्रभावित हुनेछन् । किनभने मानव संसाधनको सट्टा, त्यहाँ आर्टिफिसियल इन्टेलिजेन्स सजिलै प्रयोग गर्न सकिन्छ ।

यसमा मानव संसाधन कार्यहरू समावेश गरिएको छ । रिपोर्टका अनुसार आईबीएमले भर्खरै ५ हजार मानिसलाई कामबाट निकालेको छ । आगामी दिनमा कम्पनीले थप ७ हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । यहाँ एक विभागबाट अर्को विभागमा कर्मचारी पठाउने काम हेर्ने वा पत्र प्रमाणिकरण जस्ता काम मात्र गर्ने कर्मचारीको जागिर खारेज गर्ने भनिएको छ ।

तर, कम्पनीले भविष्यमा एआईबाट कर्मचारीको काम मूल्याङ्कन गराउन अस्वीकार गरेको छ । विश्वले मुद्रास्फीति र मन्दी भोगिरहेको बेला कम्पनीले लागत बचत गर्न र कम गर्न यो कदम चालेको हो ।

एआई आएको केही महिना मात्रै भएको छ तर यसले मानिसको ठाउँमा काम गर्न थालेको छ । अहिले एआइको प्रारम्भिक चरण मात्रै चलिरहेको छ । जसरी यसमा प्रगति बढ्दै जान्छ, विश्वभर एआइ मार्फत धेरै कामहरू हुन थाल्नेछन् । जसका कारण भविष्यमा रोजगारीको चिन्ता थपिने देखिन्छ ।