कीवर्डहरू -

’गूगल आइओ २०२३’ आज, केके हुँदैछन् सार्वजनिक ? 

’गूगल आइओ २०२३’ आज, केके हुँदैछन् सार्वजनिक ? 

प्रविधि कम्पनी गुगलको सबैभन्दा ठूलो कार्यक्रम ’गूगल आइओ २०२३’ आज राति क्यालिफोर्नियामा नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ । कार्यक्रममा, गुगलले आफ्नो पहिलो फोल्डेबल फोन र पिक्सेल ट्याब्लेट सार्वजनिक गर्न सक्ने छ।

एन्ड्रोइड १४ सुविधाहरू र एआई च्याटबट ’बार्ड’ को विवरणहरू पनि कार्यक्रममा साझा गरिने अपेक्षा गरिएको छ । गुगलले सन् २००८ देखि हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस मार्फत कम्पनीले धेरै नयाँ ग्याजेटका साथसाथै नयाँ प्रविधिलाई जनतामाझ सार्वजनिक गर्दै आएको छ । यहाँ हामी गुगलका ५ प्रडक्टहरूको बारेमा बताइरहेका छौं, जुन यस कार्यक्रममा सार्वजनिक हुन सक्ने छन् ।

१. गूगल पिक्सेल ७ ए स्मार्टफोन

२०२२ मा आयोजित कार्यक्रममा गुगलले पिक्सेल ६ ए लन्च गरेको थियो । मिडिया रिपोर्टका अनुसार गुगलले यस वर्ष पिक्सेल ७ ए लन्च गर्न सक्छ ।

गुगल इन्डियाले पनि ट्वीट गरेर अर्को पिक्सेल स्मार्टफोनको लन्च मिति बारे जानकारी दिएको छ । तर, मे ११ मा लन्च हुने ह्यान्डसेटको नाम भने कम्पनीले खुलाएको छैन ।

अपेक्षित मूल्य र सुविधाहरू

मिडिया रिपोर्टका अनुसार कम्पनीले  पिक्सेल ७ एमा ६.१ इन्चको एएमओइलइडी डिस्प्ले प्रदान गर्न सक्छ, जसलाई ९० हर्जको रिफ्रेस रेट पाउन सकिन्छ ।

फोटोग्राफीको लागि, स्मार्टफोनमा ६४ मेगापिक्सेल प्राइमरी र ६४ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा पाउन सकिन्छ ।  पिक्सेल ७ एको अपेक्षित मूल्य रु. ७३,५८४ रूपैयाँ हुने अनुमान गरिएको छ । ।

२. गूगल पिक्सेल

कम्पनीले आइ/ओ कार्यक्रममा गूगल पिक्सेल फोल्ड पनि लन्च गर्न सक्छ । हालै, गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन पिक्सेल फोल्ड अनावरण गरेको छ । यद्यपी कम्पनीले यो स्मार्टफोनको स्पेसिफिकेशन र मूल्य भने खुलाएको छैन ।

मिडिया रिपोर्टका अनुसार कम्पनीले गुगल पिक्सेल फोल्डमा ७.६ इन्चको मेन डिस्प्ले र ६.२ इन्चको कभर डिस्प्ले उपलब्ध गराउन सक्छ ।

फोटोग्राफीको लागि, स्मार्टफोनमा ४८ मेगापिक्सेल + १० मेगापिक्सेल+ १० मेगापिक्सेल क्यामेरा पाउन सकिन्छ । गुगलको यो प्रिमियम स्मार्टफोन २.२३ लाखमा लन्च गर्न सकिन्छ ।

३. गुगल पिक्सेल ट्याब्लेट

गुगलले अक्टोबर २०२२ मा पिक्सेल ट्याब्लेटको बारेमा पहिलो पटक कुरा गरेको थियो । मिडिया रिपोर्टका अनुसार गुगलले यस ट्याब्लेटलाई कार्यक्रममा ’गूगल टेन्सर जि टू’ प्रक्रियाको साथ लन्च गर्न सक्छ ।

यो ट्याब्लेटले १०.९५ इन्चको स्क्रिन, ८ मेगापिक्सेल अगाडि र पछाडिको क्यामेरा हुन सक्ने आशङ्का गरिएको छ । गूगल पिक्सेल ट्याब्लेटको अपेक्षित मूल्य रु. ८६,४००–९२,८०० अनुमान गरिएको छ ।

४. एन्ड्रोइड १४ अपरेटिङ सिस्टम

गूगललले पहिले नै एन्ड्रोइड १४ को डेभलपर प्रिभयु रोल आउट गरिसकेको छ ।  यो अक्टोबर सम्म सबैलाई रोल आउट हुन सक्छ ।

मिडिया रिपोर्टका अनुसार कम्पनीले गूगल आइओ २०२३ कार्यक्रममा एन्ड्रोइड १४ मा पाइने सुविधाहरूको बारेमा जानकारी दिनेछ ।

५. गूगल एआइ सुविधाहरू

गुगलले आइओ २०२३ को आधिकारिक वेबसाइटमा लेखेको छ ’जेनेरेटिभ एआईमा नयाँ के छ?’ यो कार्यक्रममा कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स उपकरणहरू लन्च गर्ने समेत अपेक्षा गरिएको छ ।

यससँगै एआई च्याटबोट ‘बार्ड’ बारे धेरै जानकारी पनि दिन सकिन्छ । मिडिया रिपोर्टका अनुसार गुगलले यस कार्यक्रममा २० भन्दा बढी एआई उत्पादनहरू लन्च गर्न सक्छ ।

कहिले, कहाँ र कसरी गूगल आइओ २०२३ हेर्ने ?

गूगल आइओ २०२३ कार्यक्रम आज नेपाली समय अनुसार राति १०ः४५ बजे माउन्टेन भ्यू (क्यालिफोर्निया) को शोरलाइन एम्फीथिएटरमा सुरु हुनेछ ।

कार्यक्रमलाई गूगल आइओ २०२३ को आधिकारिक वेबसाइट https://io.google/2023/ गूगलको आधिकारिक युट्युब च्यानलमा लाइभ स्ट्रिम गरिनेछ  ।