कीवर्डहरू -

नोकिया सी २२ भारतमा सार्वजनिक, यस्ता छन् विशेषता

नोकिया सी २२ भारतमा सार्वजनिक, यस्ता छन् विशेषता

इलेक्ट्रोनिक कम्पनी नोकियाले नयाँ स्मार्टफोन नोकिया सी २२ भारतमा सार्वजनिक गरेको छ । यससँगै नोकियाको नयाँ स्मार्टफोन प्रि–बुकका लागि खुला भएको छ ।

कम्पनीले एआई क्यामेरा र तीन दिनको ब्याट्री लाइफ फिचरसहितको नयाँ डिभाइस सार्वजनिक गरेको हो । सबैभन्दा नोकियाले नोकिया सी २२ दुई भेरियन्टमा लन्च गरेको छ ।

२ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य भारू ७ हजार ९९९ र  ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य भारू ८ हजार ४९९ रतोकिएको छ ।

नयाँ डिभाइस चारकोल, पर्पल र स्यान्ड कलरमा उपलब्ध छ । नोकिया सी २२ को स्पेसिफिकेशन र फिचरहरूको बारेमा कुरा गर्दा, डिभाइसमा ६.५ इन्चको एलसीडी डिस्प्ले राखिएको छ ।

कम्पनीले अक्टा–कोर यूनीसोक एससी ९८६३ ए एसओसी प्रोसेसरसहितको फोन ल्याएको हो । नोकिया सि २२ एन्ड्रोइड १३ गो संस्करणमा चल्ने गर्दछ ।

नोकिया सी२२ लाई १३ र २ मेगापिक्सेल सेन्सरसहितको डुअल रियर क्यामेरा युनिटसहित ल्याइएको छ । डिभाइसमा एलईडी फ्ल्यासलाइटको सुविधा पनि छ । डिभाइसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

नोकिया सी २२ ४ जीबी र्‍याम प्लस २ जीबी भर्चुअल र्याम, १३ मेगापिक्सेल डुअल रियर क्यामेरा, एक वर्ष प्रतिस्थापन ग्यारेन्टी र ३–दिनको ब्याट्री साथ आउँने गर्दछ ।

नोकियाले १० वाट चार्जिङ सपोर्ट ब्याट्रीको साथ आफ्नो डिभाइस सार्वजनिक गरेको हो । सुरक्षाको लागि, उपकरणमा फिंगरप्रिन्ट सेन्सरको सुविधा पनि उपलब्ध रहेको छ । प्रयोगकर्ताले फोनमा अनलक सुविधा पनि पाउँछन् ।