कीवर्डहरू -

टिकटक चलाउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

टिकटक चलाउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

पछिल्लो समय टिकटक एकदमै चर्चित छ । बच्चादेखि वृद्धसम्मले टिकटक प्रयोग गर्छन् । शर्ट भिडियो शेयरिङ प्लेटफर्मका रूपमा टिकटक परिचित छ ।

टिकटकमा धेरैले कन्टेन्ट क्रियट गरिरहेका हुन्छन् । तर कहिलेकाँही टिकटक कन्टेन्ट क्रियटर केही कुरामा ध्यान नदिदाँ हजारौं फ्लोअर भएको अकाउन्ट गुमाउनु पर्ने हुन्छ ।

टिकटक अकाउन्ट प्रतिबन्ध हुनबाट बच्ने एउटा मात्रै तरिका छ, त्यो हो, टिकटकको कम्युनिटी गायडलाइन्स उल्लंघन नगर्ने । यदी तपाईले पटक पटक टिकटकको कम्युनिटी गायडलाइन्स उल्लघंन गर्नुभयो भने टिकटक अकान्ट सधैंका लागि बन्द हुन सक्छ ।

टिकटकले किन प्रयोगकर्तालाई प्रतिबन्ध लगाउँछ ?

टिकटकले के कारण प्रतिबन्ध लगाउँछ भन्ने कुरा जान्नु अगाडि प्रतिबन्ध गर्ने पोलीसी किन राखेको भने बुझनु जरुरी छ । प्रयोगकर्ताले मनोरन्जन र आफनो सर्जनाशीलता देखाउन यस प्लेटफर्मको प्रयोग गर्छन ।

फरक फरक रूचीका फरक फरक व्यक्तिले टिकटक प्रयोग गरिरहेका हुन्छन् । त्यसकारण सबै प्रयोगकर्ताले एउटै नियमको पालना गरुन भनेर कम्युनिटी गाइडलाइन बनाइएको हुन्छ ।

यदी तपाईले २-३ पटक कम्युनिटी गायडलाइन्स उल्लंघन गर्नुहुन्छ भने तपाईलाई एउटा चेतावनी आउँछ । तर जब तपाई एउटै गल्ली धेरै पटक दोहोर्‍याउन थाल्नुहुन्छ त्यसपछि अकाउन्ट प्रतिबन्ध हुन्छ । टिकटक सबै प्रयोगकर्ताका लागि सुरक्षित होस् भनेर यस्तो गरिएको हो ।

टिकटकमा कस्ता कस्ता कन्टेन्ट राख्दा प्रतिबन्धमा परिन्छ ?

टिकटकमा लागु पदार्थ, रक्सी, बुलिङ, नग्न, यौनजन्य सामग्री लगायतका कन्टेन्टहरू राख्न पाइदैन् । यदी तपाईले यस्ता खालका अनउपयुक्त कन्टेन्ट पटक पटक शेयर गर्नुभयो भने प्रतिबन्धमा पर्न सक्नुहुन्छ ।

१-२ पटक गल्ती गर्दा तपाईको अकाउन्ट बन्द नभएपनि पटक पटक गल्ती गर्दा अकाउन्ट बन्द हुन्छ । पहिलाभन्दा गम्भीर गल्ती भएमा छिटो रूपमा अकाउन्ट बन्द हुन सक्छ ।

यदी तपाई टिकटकमा कन्टेन्ट बनाउनु हुन्छ भने तलका कुराहरू ख्याल गर्नुहोस् । कस्ता कस्ता कन्टेन्ट बनाउँदा टिकटकको कम्युनिटी गायडलाइन्स उल्लंघन हुन्छ र प्रतिबन्ध लगाउन सक्छ भन्ने बारे जानकारी दिदैछौं ।

१.सार्वजनिक सुरक्षामा असर पार्ने

यदी तपाई टिकटक चलाउनु हुन्छ र कुनै पनि किसिमको हिंसालाई प्रवर्द्धन वा उक्साउने खालको कन्टेन्ट पोष्ट गर्नुहुन्छ भने अकाउन्ट बन्द हुनेछ ।

हिंसा भड्काउने, आतंकवादलाई सघाउने वा प्रोत्साहन दिने खालका कन्टेन्ट कम्युनिटि गाइडलाइन विपरित हुने भएकाले त्यस्ता कन्टेन्ट पोष्ट नगर्नुहोस् ।

२.यौनजन्य सामग्री

यदी तपाई यौनजन्य क्रियाकलापलाई वढावा दिने सामग्री पोष्ट गर्नुहुन्छ भने अकाउन्ट बन्द हुन सक्छ । त्यसैले यौन शोषण, नग्न र अश्लिल कन्टेन्टहरू शेयर गर्दै नगर्नुहोस् ।

टिकटकमा माइनरपनि भएको कारणले छाड र नाङगोपन देखिएको कन्टेन्ट शेयर गर्दा अकाउन्ट ब्यान हुन्छ । त्यसकारण आफुले पोष्ट शेयर गर्नु अधि यस प्ल्यटफर्ममा माइनर भएमा कारण यस्तो कन्टेन्टमा ध्यान दिनु पर्न् हुन्छ ।

३.आफैलाई हानी पुर्‍याउने कन्टेन्ट

टिकटकले आफैलाई हानी पुर्‍याउने कुनै पनि रूपमा कन्टेन्ट शेयर गर्न अनुमति दिदैन् । आफैलाई हानी गर्ने जस्तै आत्महत्या, आत्मचोट र इटिङ डिसअर्डर जस्ता कुरालाई गम्भिर रुपमा लिने गर्ने भएकोले यस्तो कन्टेन्ट पोष्ट गरे वा गर्न प्रोत्साहन दिने भिडियो शेयर गर्दा अकाउन्ट प्रतिबन्ध हुन्छ । व्यक्तिलाई असर गर्ने सोख वा गेम पोष्ट नगर्नुहोस् ।

४.हिंसात्मक वा ग्राफिक कन्टेन्ट शेयर

टिकटकले हानी पुर्याउने जस्तै कुटपिट गरेको, जनावर वा व्यक्तिमाथि हिंसा गरेको वा भिडियो पोष्ट गर्न निषेध गरेको छ ।

१८ वर्षभन्दा मुनिका बच्चाहरूले पनि टिकटक प्रयोग गर्ने हुँदा टिकटकले यस्तो गायडलाइन बनाएको हो । यस्ता खालका कन्टेन्ट पोष्ट गर्दा अकाउन्ट ब्यान हुन्छ ।

५.अवैध क्रियाकलापलाई प्रोत्साहन

यदी तपाई अवैध खालका गतिविधि टिकटकमा पोष्ट गर्नुहुन्छ भने अकान्ट बन्द हुन सक्छ । शारिरीक रूपमा हानी गर्ने, मानव शोषण, वन्यजन्तुको अवैध शिकार वा कुनै पनि कुरा, जसले कानुन उल्लघंन गर्छ त्यस्तो कन्टेन्ट पोष्ट टिकटकमा गर्न निषेध छ ।

त्यस्तै पटक पटक हतियार, जाड रक्सी, लागुपदार्थ र सुर्तीजन्य पदार्थको प्रयोगलाई वढावा दिने कन्टेन्ट पोष्ट गर्नुभएमा पनि टिकटकको प्रतिबन्धमा परिन्छ ।

६.धम्कि दिने पोष्ट

ह्याक गर्ने वा ब्याकमेल गर्ने सामग्री पनि टिकटकको गायडलाइन विपरित हुन्छन् । व्यक्तिगत फोन नम्बर, ईमेल, बैँक स्टेटमेन्ट, सोसल सेक्युरेटि नम्बर र पासपोर्ट नम्बरसहितको  जानकारी सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिएको कन्टेन्ट शेयर गरेमा पनि अकाउन्ट प्रतिबन्ध हुन्छ ।

७.गलत जानकारी फैलाउनु

स्प्यामिङ गर्ने वा फेक इंगेजमेन्ट देखाउने कन्टेन्ट राख्दा पनि टिकटक अकाउन्ट बन्द हुन सक्छ । फलोअर, भ्युर, लाइक, शेयर र कमेन्ट किनबेच गर्ने क्रियाकलाप टिकटकको गाइडलाइनको विपरित हुन जान्छ ।

मानिसलाई भ्रममा पार्ने उद्देश्यले हरू कसैको विवरणमा खाता खोल्दा पनि प्रतिबन्धमा पर्ने सम्भावना हुन्छ ।

गल्ती नगर्दा पनि प्रतिबन्ध !

कहिलेकाँही टिकटकले प्रतिबन्ध लगाउनु नपर्ने अकाउन्टलाई पनि प्रतिबन्ध लगाइरहेको हुन्छ । गलत प्रतिबन्धलाई टिकटकले मानव मध्यस्थता त्रुटीको रूपमा उल्लेख गरेको छ ।

यदी टिकटकले केही गल्ती नगर्दा पनि अकान्टमाथि प्रतिबन्ध लगाएको छ भने त्यस्तो अवस्थामा अपिल गर्न सकिन्छ । त्यस्तो अवस्थामा अकाउन्ट फिर्ता पाउने सम्भावना भने अनिश्चित नै हुन्छ । तपाईले फिर्ता पाउन पनि सक्नुहुन्छ, नपाउन पनि ।