कीवर्डहरू -

किन घट्यो नेपाल टेलिकमको खुद नाफा ? 

किन घट्यो नेपाल टेलिकमको खुद नाफा ? 

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा टेलिकमको खुद नाफा २ करोड ३३ लाख ७१ हजार रूपैयाँले घटेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म टेलिकमले  ५ अर्ब ४१ करोड ७४ हजार खुद मुनाफा आर्जन गरेको छ । जब की गएको आर्थिक वर्षको चैतसम्म टेलिकमले ५ अर्ब ४३ करोड ५३ लाख ४६ हजार खुद नाफा गरेको थियो ।

खुद नाफा घट्नुमा टेलिकमले, डेटा सेवाको प्रयोग वृद्धि, ओटीटी सेवाको बढ्दो प्रयोग, डोमेस्टिक अन्तरआवद्धता शुल्कमा कमी, आर्थिक ऐन २०७९ बाट दूरसञ्चार दस्तुर परिवर्तन, संरचनामा क्षति, विदेशी विनिमय दरमा भएको परिवर्तन लगायतलाई कारण देखाएको छ ।

खुद नाफासँगै टेलिकमको कुल सञ्चालन आएमा समेत कमी आएको छ । चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा टेलिकमको कुल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रहेको छ ।

गत आर्थिक वर्षको नौ महिनाको अविधिमा अर्थात २०७८ चैत मसान्तसम्म कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रूपैयाँ रहेको थियो ।

गत आवको तुलनमा चालु आवको सञ्चालन आयमा ८७ करोड २९ लाख ६४ हजारले कमी आएको छ । कुल सञ्चालन आय र खुद नाफा घट्दा नेपाल टेलिकमको कुल आयमा समेत वृद्धि भएको छ ।

गत आवको नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्मको कुल आय ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको थियो भने चालु आवको सोही अवधि (२०७९ चैत्र मसान्त) सम्ममा ६७ करोड १८ लाख ३५ हजार वृद्धि भई कुल आय ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रहेको टेलिकमले जनाएको छ ।