कीवर्डहरू -

आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेरा हुने

आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेरा हुने

एप्पलले आफ्नो आगामी आईफोन मोडेलमा काम गरिरहेको छ । यससँग सम्बन्धित केही जानकारी बाहिर आएका छन् ।

रिपोर्ट अनुसार कम्पनीले आईफोन १५ र आईफोन १५ प्लस आईफोन १४ प्रो जस्तै ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेराको साथ सार्वजनिक गर्न सक्ने छ ।

यो नयाँ सेन्सरको मद्दतले प्रयोगकर्ताहरूले उच्च रिजोलुसन प्रो फोटोहरू लिन सक्नेछन् । विश्लेषक जेफ पुलाई उद्धृत गर्दै म्याक रुयुमर्सको रिपोर्ट अनुसार, नियमित आइफोन १५ र आइफोन १५ प्लसमा आइफोन १४ प्रो मोडलहरू जस्तै ४८ मेगापिक्सेल रियर क्यामेराहरू हुनेछन् ।

यो क्यामेराले तीन–स्ट्याक्ड सेन्सर प्रयोग गर्नेछ जसले राम्रो तस्विर गुणस्तरको साथ थप प्रकाश भएको फोटोहरु खिच्न दिन्छ । यसबाट प्रयोगकर्ताहरूले एप्पल प्रो रअमा फोटो खिच्न सक्नेछन् ।

विज्ञहरू भनाइ अनुसार एप्पलले यो वर्ष आईफोन १५ र आईफोन १५ प्लसको उत्पादनमा ढिलाइको सामना गर्नुपर्नेछ । स्ट्याक गरिएको ४८ मेगापिक्सेल क्यामेरा सेन्सरको उत्पादनका कारण ढिलाइ हुनसक्ने तर्क गरिएको छ ।

अहिलेको लागि, आईफोन १५ सिरिज पनि सामान्य रूपमा सेप्टेम्बर महिनामा लन्च हुने अपेक्षा गरिएको छ । आईफोन १५ र आईफोन १५ प्लस ए १६ बायोनिक चिपद्वारा संचालित हुने अपेक्षा गरिएको छ ।

जबकि प्रो मोडेलहरू ए १७ बायोनिक एसओसीबाट चल्ने विश्वास गरिएको छ । यो वर्षको आईफोन मोडलमा चार्जिङका लागि यूएसबी टाइप–सी पोर्ट दिइने बताइएको छ ।

हालको आईफोन १४ र आईफोन १४ प्लस मा डुअल रियर क्यामेरा एकाइहरू समावेश छन् । यसमा एफ÷१.७ एपर्चर भएको ४८–मेगापिक्सेलको वाइड–एंगल क्यामेरा र एफ÷२.४ एपर्चरको साथ अल्ट्रा–वाइड–एंगल लेन्ससँग जोडिएको १२–मेगापिक्सेल सेन्सर समावेश छ ।

यसको विपरित, आईफोन १४ र आईफोन १४ प्रो म्याक्समा रहेको ट्रिपल रियर क्यामेरा युनिटमा सेकेन्ड जेनेरेसन सेन्सर–शिफ्ट अप्टिकल इमेज स्टेबिलाइजेसनको साथ १२–मेगापिक्सेलको टेलिफोटो सेन्सर र एफ÷१.७८  एपर्चर भएको ४८–मेगापिक्सेलको मुख्य क्यामेरा रहेको थियो ।