कीवर्डहरू -

रेड्मी १० स्मार्टफोन सिमित समयका लागि छुट मूल्यमा उपलब्ध हुँदै

रेड्मी १० स्मार्टफोन सिमित समयका लागि छुट मूल्यमा उपलब्ध हुँदै

साओमीले रेडमी १० (२०२२) नेपाली  प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ ।

आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी १० मा अफर ल्याएको कम्पनीको भनाइ छ ।

रेडमी १० (२०२२) ४ जीबी‍ र्‍याम र ६४ जीबी स्टोरेजको वास्तविक मूल्य रु २०,४९९ रहेको छ । यस्तै  छुट पछि यसको मूल्य रु १९,९९९ कायम गरिएको कम्पनीको जनाएको छ ।

रेडमी १० (२०२२) ६ जीबी र्‍याम १२६ जीबी स्टोरेजको वास्तविक मूल्य रु २३,९९९ रहेकामा छुटपछि मूल्य रु २२,९९९ पर्ने कम्पनीको भनाइ छ ।

यो फोन  देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।