कीवर्डहरू -

सुन्दर अटो इन्जिनियरिङले सार्वजनिक गर्‍यो विद्युतीय बाईक ‘गन्तव्य’, मूल्य साढे २ लाख 

सुन्दर अटो इन्जिनियरिङले सार्वजनिक गर्‍यो विद्युतीय बाईक ‘गन्तव्य’, मूल्य साढे २ लाख 

सुन्दर अटो इन्जिनियरिङले गन्तव्य विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको छ । सुन्दर अटो इन्जिनियरिङले आफ्नै प्राविधिकको डिजाइनमा तयार गरेको गन्तव्य ईभी १०० एस मोडल बिहीबार सार्वजनिक गरेको हो ।

आफ्नै प्राविधिकको डिजाइन र च्यासिस निर्माण गरिएको गन्तव्य बाइकको मूल्य अहिले  २ लाख ५० हजार रूपैयाँ तोकिएको छ ।

यो बाइक फुल चार्ज गर्दा १२० किमी गुड्न सक्नेछ । गन्तव्य मोटरसाइकलमा १५०० वाटको मोटर र ५१.२ भोल्टेजको ब्याट्रीको जडान भएको छ । सुन्दर अटोका अनुसार यस बाइको अधिकतम गति २४ देखि ५५ किलोमिटर प्रति घण्टा रहेको छ ।

मोटरसाइकलमा रिरिजेनेरेटिभ ब्रेकिङ पनि रहेको छ । यसमा ग्राउन्ड क्लियरेन्स १५० मिलिमिटर छ । एक महिनाभित्र खरिद गर्ने ग्राहकले दुई लाख ४० हजार रुपैयाँमै यो बाइक प्राप्त गर्न सक्ने छन् ।

यसलाई अझै सुधार गर्दै लैजाने कम्पनीले जानकारी दिएको छ । यसअघि सुन्दर यातायातले काठमाडौं उपत्यका र उपत्यका बाहिरसमेत विद्युतीय बस सञ्चालन गरिरहेको छ ।