कीवर्डहरू -

सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै, डिजिटल क्षमता बारे संवाद हुने

सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै, डिजिटल क्षमता बारे संवाद हुने

सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार पोखराको कुटी रिसोर्टमा यार्सा टेक डिजिटल गण्डकी संवाद हुने भएको हो ।

डिजिटल गण्डकी संवादमा प्रदेशको डिजिटल क्षमता र अवस्था बारे वृहत छलफल हुनेछ । संवादमा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, पोखरा महानगरपालिकाका मेयर लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ ।

कार्यक्रममा गभर्मेन्ट आर्किटेक्ट विज्ञ विवेक राणा, प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम बागमती प्रदेशका आईटी तथा ई-गभर्नेन्स विज्ञ विज्ञान सत्याल र नेपाल दूरसञ्चार प्राधिकरणले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत हुनुका साथै प्यान डिसकसन सेसन समेत हुने जनाइएको छ । यार्सा टेकका संस्थापक एनजे सुवेदी, फोनपेका सीईओ दिवस सापकोटा, प्रदेश मन्त्रालयका सचिव, मेयर र सरोकारवालाहरूबीच प्यानल सेसन हुनेछ ।

यसअघि कोशी, मधेश, बागमती, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा डिजिटल संवाद सफलतापूर्वक सम्पन्न भइसकेको छ । सोमबार पोखरामा डिजिटल गण्डकी संवादसँगै विशेष कार्यक्रमसहित डिजिटल प्रदेश संवादको समापन गरिनेछ ।

सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ ।

त्यसपछि ग्रान्ड प्रोग्रामको रुपमा असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने हुनेछ । गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।

सातै प्रदेशमा आयोजना हुने कार्यक्रम र सहभागिताको लागि www.digitalsamvad.org हेर्न सकिनेछ । संवादमा निःशुल्क सहभागी हुने सकिने छ ।