कीवर्डहरू -

कसरी हेर्ने म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा डिलिट गरिएको म्यासेज ?

कसरी हेर्ने म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा डिलिट गरिएको म्यासेज ?

एक समय थियो, जब मान्छेले चाहेर पनि गलत म्यासेज वा अरू कसैलाई पठाएको मेसेज मेटाउन सक्दैन्थे । अहिले थुप्रै एपहरुमा अनसेन्ड अप्सन आएको छ, जसकारण हामीले झुक्किएर केही पठाउँदा पनि अनसेण्ड गर्ने मौका पाउँछौं ।

आफुलाई अनसेन्ट गर्दा त ठिकै छ तर कहिलेकाँही कसैले म्यासेज अन्सेन्ड गरेमा हामीलाई म्यासेज के होला भनेर खुलदुली लाग्छ ।

अन्सेन्ड गरिएको म्यासेज हेर्ने धेरै एपहरू डाउनलोड गर्न सकिन्छ । तर कुनै एपहरू साइबर सुरक्षाका हिसाबले खतरनाक पनि हुन सक्छन् ।

त्यसकारण कुनै पनि एप डाउनलोड नगरेर हेर्ने अनसेन्ड गरेको म्यासेज हेर्न सकिने तरिका बारे जानकारी दिदैछौं, जसको प्रयोग गरेर तपाईले कुनै पनि म्यासेज अनसेन्ड वा मेटाएपछि पनि पढ्न सक्नुहुन्छ । यस फिचरलाई तपाईको एन्ड्रोइड स्मार्टफोनमा सक्रिय गर्न सक्नुहुन्छ ।

यसका लागि कुनै एप डाउनलोड गरिरहन पर्दैन् । यो सुविधाले तपाईको नोटिफिकेसन सेन्टरमा प्राप्त सबै सन्देशहरू सेभ गर्दछ । रमाइलो कुरा के हो भने म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा डिलिट वा अनसेन्ट गरिएका म्यासेज पनि यहाँ देखिन्छन् ।

यो फिचर प्रयोग गर्नका लागि सर्वप्रथम सेटिङ एप खोल्नुहोस् । त्यसपछि नोटिफिकेसनमा जानुहोस् र नोटिफिकेसन हिस्ट्री खोल्नुहोस् ।

अब नोटिफिकेसन हिस्ट्रीलाई अन वा सक्रिय गर्नुपर्ने हुन्छ । अनि म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम दुबैबाट कुनै पनि डिलिट गरिएको सन्देश यहाँ देखा पर्नेछन् ।

तर अन्सेन्ड गरिएको म्यासेज नोटिफिकेसन हिस्ट्रीमा २४ घण्टाको लागि मात्रै देखिने छ । त्यसपछि यो स्थायी रुपमा स्वतः डिलिट हुने गर्दछ ।