कीवर्डहरू -

आईओएस १६.६ र आइप्याड ओएस १६.६ बेटा सफ्टवेयर अपडेट सार्वजनिक

आईओएस १६.६ र आइप्याड ओएस १६.६ बेटा सफ्टवेयर अपडेट सार्वजनिक

एप्पलको वार्षिक कार्यक्रम (वल्र्डवाइड डेभलपर कन्फेरेन्स २०२३) आउन धेरै समय बाँकी छैन् । एप्पल प्रयोगकर्ताहरू उत्सुकताका साथ कन्फेरेन्सको प्रतिक्षा गरिरहेका छन् ।

कम्पनीले आफ्ना प्रयोगकर्ताहरूका लागि धेरै नयाँ उत्पादनहरू सार्वजनिक गर्नेदेखि लिएर धेरै ठूला घोषणाहरू गर्न सक्छ । यद्यपी, यो कार्यक्रम हुनु अघिनै, एप्पलले यो वर्ष नयाँ सफ्टवेयर अपडेट जारी गरेको छ ।

एप्पलले विकासकर्ताहरूको लागि आइओएस १६.६ र आइप्याड ओएस १६.६ बेटा सफ्टवेयर अपडेटहरू सार्वजनिक गरेको छ । एप्प्पल बेटा प्रोग्राम अन्तर्गत दर्ता भएका विकासकर्ताहरू एप्पल डेभलपमेन्ट सेन्टरमा जान सक्छन् ।

थप रूपमा, तपाईं बेटा संस्करणमा नयाँ अपडेटहरु इन्स्टल गर्न सक्नुहुन्छ । यद्यपी, नयाँ सफ्टवेयर अपडेटका सुविधाहरूको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन् ।

हालै एप्पलले आफ्ना प्रयोगकर्ताहरूका लागि आईओएस १६.५ र आइप्याडओएस १६.५ अपडेट सार्वजनिक समेत गरेको थियो ।

कम्पनीको वार्षिक कार्यक्रम आगामी जून ५ बाट सुरु हुँदैछ । यसका साथ एप्पलले आफ्ना प्रयोगकर्ताहरूका लागि आइओएस १७ नवीनतम सफ्टवेयर अपडेट रोलआउट गर्न सक्ने विश्वास गरिएको छ ।