कीवर्डहरू -

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको भुक्तानीमा १ हजार क्यासब्याक र वानप्लस ११ जित्ने मौका

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको भुक्तानीमा १ हजार क्यासब्याक र वानप्लस ११ जित्ने मौका

‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले हरेक लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक पाउनुका साथै वानप्लस ११ जित्ने मौका पनि पाउनेछन्।

यो अफर खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत रहेको छ, जहाँ खल्तीबाट आफ्नो नेपाल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये एक भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप वानप्लस ११ स्मार्टफोन, हरेक हाप्ता स्मार्ट टिभी, स्मार्टब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरशिप जित्न सक्नेछन्।

यसका अतिरिक्त खल्ती प्रयोगकर्ताले कुनै पनि दुई सेवाको भुक्तानी गरि ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउदै पल्सर एन१६० जित्न पनि योग्य हुनेछन्। साथै, प्रयोगकर्ताहरूले आफ्नो बीमा प्रिमियम वा रु. १०० भन्दा माथिको कुनै भुक्तानीमा करोडौँको उपहार र कुपनहरू भएको Scratch Card प्राप्त गर्नेछन्।

यस अफरका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले “खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत उपलब्ध गरेको विभिन्न अफरले प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने कुरामा विश्वस्त रहेको बताए ।

नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु. १००० क्यासब्याक जित्ने अफर जेष्ठ ३२ सम्म मान्य छ भने बाँकी बम्पर उपहारहरु प्रयोगकर्ताहरुले असार ३१ गतेसम्म जित्न सक्नेछन्।