कीवर्डहरू -

निःशुल्क उद्यमशीलता सम्बन्धि बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी

निःशुल्क उद्यमशीलता सम्बन्धि बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी

ह्वाइल ट्यांकले निःशुल्क उद्यमशीलता बुटक्याम्प योजना गर्ने भएको छ । स्टार्टअप उद्यमशीलाको यात्रामा लाग्नेका लागि ह्वाइल ट्यांकले निःशुल्क बुटक्याम्प सञ्चालन गर्न लागेको हो ।

बुटक्याम्पमा शुन्य रकममा स्टार्टअप, बजार भ्यालिडेट, टिम व्यवस्थापन, फण्ड रेजिङ, बिजनेस मोडल, वित्तीय योजना लगायतका विषयमा आवश्यक पर्ने ज्ञान दिइने छ ।

उद्यमशीलता बुटक्याम्पको प्रशिक्षकको रूपमा लेन्समी अपका संस्थापक तथा सीईओ निराजन केसीले गर्ने छन् । बुटक्याम्पका लागि सिमित सिट तोकिएको छ ।

प्राप्त आवेदनबाट स्टार्टअप आईडियाका आधारमा १० जनालाई मात्रै बुटक्याम्पका लागि छनौट गरिने छ । छनौट भएका व्यक्तिले हप्तामा कम्तिमा ३ घण्टा समय दिनुपर्नेछ ।

यदी तपाईसँग पनि कुनै स्टार्टअप आईडिया छ र बुटक्याम्पसको खोजीमा हुनुहुन्छ भने यो अवसर तपाईका लागि उपयोगी हुन सक्छ । तपाईले यहाँ क्लिक गरी बुटक्याम्पका लागि आवेदन दिन सक्नुहुनेछ ।

\"\"