कीवर्डहरू -

आफैले आफ्नो कम्प्युटरलाई स्लो बनाइराख्नु भएको त छैन् ? यस्तो छ थाहापाउने तरीका

आफैले आफ्नो कम्प्युटरलाई स्लो बनाइराख्नु भएको त छैन् ? यस्तो छ थाहापाउने तरीका

यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै समय लाग्छ, आदि । त्यसमाथि हामी आफैले जानीजानी वा अञ्जानमा आफ्नो कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौं ।

यसको प्रमुख कारण हो, स्टार्टअप प्रोग्राम । हामीले आफ्नो स्टार्टअप प्रोग्रामलाई एडिट वा व्यवस्थित गरेर कम्प्युटरलाई छिटो बनाउन सक्छौं ।

स्टार्टअप प्रोग्राम भनेको त्यो हो, जुन तपाईंको कम्प्युटर खुल्नेबित्तिकै आफै सुरु हुन थाल्छ, जुन कम्प्युटरको टास्कबारको सर्टकट आइकनमा देखापर्छ । यसरी देखिएका आइकन कम्प्युटर स्टार्ट हुनेबित्तिक्कै आफै खुलेका प्रोग्रामहरू हुन् ।

यसलाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईंले कुनै प्रोग्रामलाई खोलेर मिनिमाइज गरेको जस्तै । यानि कि कम्प्युटरमा एउटै समयमा अञ्जानमै एकभन्दा धेरै प्रोग्राम चलिरहेका छन् । यसमा कुनै कुनै जरुरी पनि हुन्छ । तर, धेरैजसो तपाईंलाई आवश्यक हुँदैन् ।

जति धेरै स्टार्टअप प्रोग्राम हुन्छ, त्यति नै धेरै कम्प्युटर स्लो हुने गर्दछ । त्यसैले तपाईंले यी स्टार्टअप प्रोग्रामलाई हेरेर कुनकुन प्रोग्राम आफूलाई जरुरी छ, त्यसलाई मात्र स्टार्टअप राखी अरूलाई डिसेबल गरी आफ्नो कम्प्युटरको गति छिटो बनाउन सक्नुहुन्छ ।

स्टार्टअप प्रोग्राम कसरी हेर्ने ?

स्टार्ट बटनमा क्लिक गरेर रन  अप्सन (विन प्लस आर)मा क्लिक गर्नुहोस् । यसपछि खुलेको विन्डो डिएफ एमएसकन्फिग (msconfig) टाइप गर्नुहोस् । अब ओके बटनमा क्लिक गर्नुहोस् । यसपछि सिस्टम कन्फिगरेसन युटिलिटीको विन्डो खुल्नेछ ।

त्यहाँ स्टार्टअप ट्याबमा क्लिक गर्नुहोस् । यसछि त्यहाँ आफ्नो कम्प्युटरमा चलिराखेका प्रोग्रामहरूको लिस्ट र रजिस्ट्री की–हरू देखिनेछ ।

यो लिस्टमा तपाईंले जुन प्रोग्रामलाई स्टार्टअपबाट हटाउन चाहनुहुन्छ, त्यसलाई अनचेक गर्नुपर्ने हुन्छ । ध्यान दिनुपर्ने कुरा तपाईंले यी प्रोग्रामहरूलाई अनचेकगर्दा एन्टिभाइरस र अरु जरुरी प्रोग्रामहरूलाई अनचेक नगर्नुहोला ।

केवल यस्ता प्रोग्रामहरू मात्र हटाउनुहोस्, जसका बारेमा तपाईंलाई थाहा छ । जस्तै विनएम्प एजेन्ट, गूगल टक, एडोब रिडर लञ्चस् वा अरु तपाईंले इन्स्टल गर्नुभएका सफ्टवेयरहरू ।