कीवर्डहरू -

विभिन्न शाखामा काम गर्न विज्ञापन खोलिएको भन्दै टेलिकमको नाम जोडेर सामाजिक सञ्जालमा गलत सूचना

विभिन्न शाखामा काम गर्न विज्ञापन खोलिएको भन्दै टेलिकमको नाम जोडेर सामाजिक सञ्जालमा गलत सूचना

‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भन्दै सामाजिक सञ्जालमा राखिएको सूचना गलत भएको टेलिकमले स्पष्ट पारेको छ ।

एक सूचना निकाल्दै टेलिकमले केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण जनाएको हो ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न टेलिकमले अनुरोध गरेको छ ।