कीवर्डहरू -

आईपीओ जारी गर्दै फोनपे, पूर्वतयारीका लागि एनएमबी क्यापिटलसँग सम्झौता

आईपीओ जारी गर्दै फोनपे, पूर्वतयारीका लागि एनएमबी क्यापिटलसँग सम्झौता

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपिओ जारी गर्ने पूर्वतयारी सुरु गरेको छ । यसका लागि  फोनपे र एनएमबी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता भएको छ ।

एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आइपिओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।

यो सम्झौतासँगै एनएमबी क्यापिटलले फोनपेलाई आइपीओ जारी गर्न चाहिने पूर्व तयारी गर्न सघाउने छ । पूर्व तयारीको काम सकिएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिइ फोनपेले सर्वसाधारणका लागि आइपीओे जारी गर्नेछ ।

फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पिनी हो । नेपालको पूँजी बजारमा सार्वजनिक सूचिकृत कम्पनी बन्न पाइला चालिरहेको फोनपेको लागि एनएमवी संग सम्झौता एक महत्वपूर्ण कोसेढुङ्गा बनेको कम्पनीको भनाइ छ ।

सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्याकारी प्रमुख दिवस सापकोटाले फोनपेले साधारण शेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरि रहेका अन्य कम्पनीहरुलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका बताए।

फोनपे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र प्राप्त एक अग्रणी डिजिटल भुक्तानी नेटवर्क हो । सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोन मार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ ।