कीवर्डहरू -

१ रूपैयाँमै आईएमई पेमार्फत सामसङको ग्यालेक्सी ए १४ फाइभजी जित्ने मौका

१ रूपैयाँमै आईएमई पेमार्फत सामसङको ग्यालेक्सी ए १४ फाइभजी जित्ने मौका

आइएमई पेले ‘रु. १ मा के, सामसङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

जेठ १० गतेदेखि जेठ १७ गतेसम्म चल्ने यस अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसङको ग्यालेक्सी ए-१४ फाइभजी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा रु १ मा के ब्यानरमा गइ खेल्न सक्नुहुनेछ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिकसन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।