कीवर्डहरू -

गिक स्क्वाड इमेल स्क्याम के हो ? यस्तो छ जोगिने तरिका

गिक स्क्वाड इमेल स्क्याम के हो ? यस्तो छ जोगिने तरिका

तपाईले अहिलेसम्म गिक स्क्वाडबाट आफुले नगरेको कारोबारको पुष्टि गर्नुपर्ने इमेल पाउनुभएको छ ?  यदी त्यस्तो ईमेल पाउनुभएको छ, पर्खिनुहोस् त्यो स्क्याम हुन सक्छ ।

आफुले केही करोबार नगरेपनि गिक स्क्वाडले आफनो अकाउन्टबाट कारोबार गर्‍यो भन्दै इमेल पठाउँछ । त्यस्तो बेला उक्त इमेल वास्तविक नभएर स्क्याम हुन सक्छ ।

गिक स्क्वाड इमेल स्क्याम के हो ?

गिक स्क्वाड स्क्याम इमेल स्क्याम हो । जहाँ साइबर अपराधिले बहुराष्ट्रिय इकेक्ट्रोनिक्स कम्पनी गिक स्क्वाडबाट कारोबार गरेको भन्दै फेक इमेल पठाउँछन् । यसमा प्रापकलाई नै पत्तो नभएको जानकारी राखि सब्सक्रिप्सन रिन्यु अथवा अर्डर कारोबार गरेको  इमेल आउँछ ।

साथै स्क्यामरले सम्बन्धित व्यक्तिलाई भरोसा गराउन नक्कली इनभोइस नम्बर, रिन्यु मिति र अर्डर डिटेल जस्ता विवरण राखेका हुन्छन् । स्कयामरले उक्त इमेलमा अर्डरको सहायताका लागि आफनो नम्बर पनि राखेका हुन्छन् ।

ठूलो रकम कारोबार भएको इमेल देख्ने बित्तिकै सम्बन्धि व्यक्ति आत्तिन्छन् । इमेलमा कारोबारको बारेमा जानकारी लिन वा क्यान्सिल गर्न दिएको नम्बरमा फोन गर्नुस् भनिएको हुन्छ ।

अनि स्क्यामरले केही फारामहरू भर्न लगाउँछन् । किनकी साइबर अपराधको अन्तिम लक्ष्य भनेको पिडितबाट सकेसम्म धेरै पैसा ठग्नु हो ।

यो स्क्यामले कसरी काम गर्छ ?

इमेलमा भएको नम्बरमा कल गर्दा स्क्यामरले तपाईको अकाउन्टबाट कारोबार भएको बताउँछ । खासमा कारोबार गरेकै हुँदैन् तर पनि स्क्यामरले सम्बन्धित व्यक्तिलाई मुर्ख बनाउँदै अर्डर रद्द गर्न सकिने बताउँछ । इमेल पाउने सम्बन्धित व्यक्ति स्क्यामरले भने जसरी गर्न तयार हुन्छन् ।

स्क्यामरले प्रापकलाई व्यक्तिज डिटेल सोध्छन् । तर वास्तिक कम्पनीलाई फोनमा तपाईको क्रेडिट कार्ड डिटेल, सोसल सेक्युरिटी नम्बर लगायतका जानकारी सोध्दैनन् ।

स्क्यामर यत्तिमै रोकिदैनन् । उनीहरूले प्रापकले स्बसक्रिपसन रद्द गर्न नसक्ने र रद्द गर्नका लागि आफुहरूले कमप्युटर प्रयोग गर्नुपर्ने बताउँछन । अनि पिडितको मद्दतले रिमोटली कम्प्युटरमा पहुँच गर्छन ।

स्क्यामरले कम्प्युटरमा पहुँच पाएपछि आफुले कत्तिसम्म स्क्याम गर्न सकिन्छ भनि हेर्छन् । अनि उनीहरूले बैंकबाट ठुलो कारोबार गर्छन् । कम्प्युटरमा म्यालिसियस सफ्टवेयर राखिदिन्छन् र सपोर्ट वा कारोबार रद्दको शुल्क पनि माग्छन् ।

गिक स्क्यामबाट कसरी जोगिन सकिन्छ ?

गिक स्क्वाडबाट इमेल प्रापत गर्दा आफुले गरेको कारोबार हो वा होइन भने निधो गर्नुहोस् । आफनो व्यक्तिगत डिटेल इमेल वा अरु माध्यमबाट नपठाउनुहोस् । त्यस्तो इमेल र त्यसमा दिएको नम्बरलाई जवाफ नदिनुहोस् ।

अनावश्यक लिंकमा क्लिक नगर्नुहोस् अट्याचमेन्ट डाउनलोड नगर्नुहोस् । स्क्याम बारे सबैलाइ सचेत गराउनुहोस् । यस्तो ईमेल फरवार्ड नगर्नुहोस् ।

कमप्युटर शेयर गरी प्रयोग गर्नु हुन्छ भने त्यस्तो हुनसक्ने वा गर्न ईमेललाइ ब्लक गर्नुहोस त्यस्तो गर्दा अर्को व्यकतिपनी यस स्क्यम बाट जोगिन्छ ।

स्क्याममा पर्नु भयो भने के गर्ने ?

यदी तपाई गिक स्क्वाड इमेल स्क्याममा पर्नुभयो भने तल भनिएको जस्तो गर्न सकिन्छ ।

१. स्क्यामरले भनेको कुरा र विधिहरु नसुन्नुहोस् वा नपछय्उनुहोस ।

२. स्क्यामरको ईमेल वा नम्बर ब्लक गर्नुहोस ।

३. आफनो व्यक्तिगत डाटा वा क्रेडिट कार्ड दिइ सक्नु भएको छ भने बैंकलाई कल गरी आफनो खाता फ्रिज गराउन सकिन्छ ।

४. आफ्नो कमप्युटरमा यस सम्बन्धित कुनै सफटवेर अथवा फाइल डाउनलोड गर्नु भएको छ भने भाइरस हुने सम्भावना भएको हुनाले कम्प्युटर चेक गर्नुहोस ।

५. आफनो लगइन डिटेल धेरै अकाउन्टमा प्रयोग नगरर्नुस यदि तँपाईले स्क्यमरले दिएको लिकँमा लगइन गर्नु भएको छ भने कृपया आफनो लगइन डिटेल परिवर्तन गर्नुहोस ।

६. स्क्यामरले प्राय वेबक्यामबाट रेकर्ड गर्ने भएको कारण आफ्नो वेबक्याम्प बन्द गर्न सकिन्छ ।