कीवर्डहरू -

एनसेलको नयाँ मोबाइल नम्बरमा समस्या, अन्य नम्बर जस्तै सहजीकरण गर्न सम्बन्धित निकायलाई आग्रह

एनसेलको नयाँ मोबाइल नम्बरमा समस्या, अन्य नम्बर जस्तै सहजीकरण गर्न सम्बन्धित निकायलाई आग्रह

एनसेलको नयाँ मोबाइल नम्बरमा ओटीपी नआउने, साइन अप गर्न समस्या, वालेटबाट कारोबार गर्दा कठिनाइ देखिएको छ ।

एनसेलले एक सूचना जारी गर्दै ९७० बाट सुरू हुने नयाँ मोबाइल नम्बरमा समस्या देखिएको र अन्य नम्बर जस्तै सहजीकरण गर्न अनुरोध गरेको हो ।

एनसेल आजियाटा लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिबमोजिम ग्राहक सुविधाका लागि ९७०XXXXXXX देखि सुरु हुने नयाँ मोबाइल नम्बर वितरण गर्दै आएको छ ।

‘नयाँ मोबाइल नम्बर लिएका ग्राहकहरुबाट ओटीपी (OTP) नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरु लिनका लागि साइन अप (Sign Up ) गर्दा समस्या भएको, वालेटबाट कारोबार गर्दा कठिनाइ भएको लगायतका जानकारी प्राप्त गरिरहेका छौं,’ एनसेलको सूचनामा भनिएको छ ।

त्यसकारण ९७० देखि सुरु हुने नयाँ मोबाइल नम्बरलाई पनि अन्य नम्बरसरह आफ्नो सिस्टममा चल्ने बनाउँदै सेवाहरु खोल्न, मोबाइल नम्बर प्रयोगमार्फत सेवाप्रदान गर्ने सरकारी तथा अर्धसरकारी निकाय, बैंक तथा वित्तीय संस्था र निजी संघसंस्था लगायत सबैलाई एनसेलले आग्रह गरेको छ ।

\"\"