कीवर्डहरू -

गूगलको मेसेज कम्पोज फिचर के हो ? कसरी गर्ने प्रयोग ?

गूगलको मेसेज कम्पोज फिचर के हो ? कसरी गर्ने प्रयोग ?

टेक कम्पनी गुगलले आफ्ना प्रयोगकर्ताका लागि विभिन्न प्लेटफर्मको सेवा उपलब्ध गराउँछ । गुगल प्लेटफर्महरू जस्तै जीमेल, म्याप्स, ड्राइभ, फोटो र कन्ट्याक्टहरूले प्रयोगकर्ताको कामलाई सजिलो बनाउँछ । यही क्रममा गूगलले गूगल मेसेजका प्रयोगकर्ताका लागि म्याजिक कम्पोज फिचर ल्याएको छ ।

गूगल मेसेजको म्याजिक कम्पोज सुविधा के हो?

गुगल मेसेजमा थपिएको फिचरको सहायताले आर्टिफिसियल इन्टेलिजेन्सले प्रयोगकर्तालाई टेक्स्ट टाइप गर्न मद्दत गर्छ । टाइप गरिएको सन्देश पठाउनु अघि, प्रयोगकर्ताले सन्देशलाई अझ राम्रो र रचनात्मक बनाउन म्याजिक कम्पोज फिचर प्रयोग गर्न सक्छन् ।

तर, गुगलको यो नयाँ फिचर हाल बेटा भर्सनका लागि रोल आउट भइरहेको छ । गुगलले यो सुविधा प्रयोगकर्तालाई सन्देशसँगै इमोजी, कमेन्ट,यूआरएल पठाउने सुविधासहित आएको स्पष्ट गरेको छ ।

कम्पनीले यो सुविधाले म्यासेज एट्याचमेन्ट, भ्वाइस म्यासेज र इमेजमा काम नगर्ने तर इमेज क्याप्सन र भ्वाइस ट्रान्सक्रिप्सन पठाउनलाई प्रयोग गर्न सकिने बताएको छ ।

गुगलले प्रयोगकर्ताहरूको लागि ल्याएको यो सुविधा कम्पनीको वार्षिक कार्यक्रम (गूगल आइ ÷ ओ कार्यक्रम २०२३) मा घोषणा गरिएको थियो ।

एआई–सञ्चालित सुविधाहरूको घोषणा गर्दै, कम्पनीले प्रयोगकर्ताहरूले अब गुगल प्लेटफर्ममा मेसेजिङलाई स्टाइलिश बनाउन सक्षम हुने बताएको छ । बेटा प्रोग्राम पछि, गूगल मेसेजको म्याजिक कम्पोज सुविधा भविष्यमा अन्य प्रयोगकर्ताहरूलाई रोल आउट गरिनेछ  ।