कीवर्डहरू -

नागरिक एपमा ५५ सरकारी सेवा आवद्ध

नागरिक एपमा ५५ सरकारी सेवा आवद्ध

नागरिक एपबाट अब ५५ सरकारी सेवा लिन सकिने भएको छ । आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म ५५ सरकारी सेवा आवद्ध भएका हुन् ।

नागरिक एप सबै किसिमका सरकारी सेवा सजिलो र छिटो मोबाइल एपबाटै उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।

हालसम्म नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् । नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ ।