कीवर्डहरू -

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि १ अर्बको छुट्टै कोष

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि १ अर्बको छुट्टै कोष

सरकारले कुल पुँजीगत बजेटको न्युनतम १ प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च हुने नीति लिने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न १ अर्ब छुट्याइएको उनले बताए । कोष सञ्चालन गर्न आवश्यक कानुन बनाइने र सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारका कार्यलाई यसमा आवद्ध गरिदै लगिने छ ।

प्रदेशमा र स्थानीय तहलाई कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने छ भने अनुसन्धान, नवप्रवर्तन र आविष्कार सम्बन्धि कार्यमा सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाइ स।थापना गरिने छ ।