कीवर्डहरू -

स्टार्टअपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड विनियोजन

स्टार्टअपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड विनियोजन

सरकारले देशमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप इकोसिस्टम विकास गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

यसका साथै उद्यमशील सोच र संस्कृतिको विकास एवं सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौंमा इन्क्युबेसन सेन्टर स्थापना गरिने उनले बताए ।

भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई स्टार्टअपलाई लगानी गर्न प्रोत्साहित गरिने छ । स्टार्टअपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड विनियोजना गरिएको छ ।