कीवर्डहरू -

आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी,  ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्टमा

आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी,  ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्टमा

आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी,  ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्टमा हुने व्यवस्था मिलाइने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका सेवा सहज रूपमा उपलब्ध गराउन आवश्यकता अनुसार २ सिफ्टमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइने छ ।

राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, अध्यागमन लगायत सेवा प्रवाहका लागि विद्युतीय प्रणालीहरू अन्तरआद्धता कायम गरी सेवालाई सहज, सरल र प्रविधीमैत्री बनाइने छ ।
विभिन्न सरकारी सेवाका प्रणालीलाई नागरिक एपसँग आवद्ध गरिने छ ।