कीवर्डहरू -

सस्तो मूल्यमा उत्कृष्ट सुविधा प्रदान गर्ने रेडमी १२ सी

सस्तो मूल्यमा उत्कृष्ट सुविधा प्रदान गर्ने रेडमी १२ सी

बजारमा धेरै ब्राण्डका स्मार्टफोन उपलब्ध छन् । त्यसमध्ये सस्तो मूल्य उत्कृष्ट सुविधा प्रदान गर्ने स्मार्टफोन एकदमै कम छन् ।

त्यस्तै मध्येको एक हो, रेडमी १२ सी । सस्तो मूल्यको रेडमी १२ सीले उत्कृष्ट सुविधासहित प्रिमियम अनुभव गर्ने कम्पनीले दावी गर्दै आएको छ ।

फोन ३ भेरियन्टमा बजारमा उपलब्ध छ । ३ जीबी र्‍याम प्लस ३२ जीबी स्टोरज, ४ जीबी र्‍याम प्लस ६४ जीबी स्टोरेज र ६ जीबी र्‍याम प्लस १२८ जीबी स्टोरेज रहेको छ ।

३ जीबी र्‍याम भेरियन्टको मूल्य १३ हजार ४९९ रूपैयाँ, ४ जीबी र्‍याम भेरियन्टको १४ हजार ४९९ रूपैयाँ र ६ जीबी र्‍याम भेरियन्टको १६ हजार ९९९ रूपैयाँ मूल्य तोकिएको छ ।

बेस भेरियन्टमा ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्ने छन् मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

रेड्मी १२ सीमा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ, जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्नुका साथै प्रयोगकर्ताहरूलाई जस्तो सुकै प्रकाशमा पनि राम्रो  फोटो खिच्न सक्ने जनाइएको छ ।

मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५ हजार एमएएचको ब्याट्रीको साथमा ठूलो ६.७१ इन्च एचडी प्लस डिस्प्ले रहेको छ ।