कीवर्डहरू -

नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्बन्धि सम्झौता

नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्बन्धि सम्झौता

नेपाल र भारतबीच क्रम बोर्डर पेमेन्ट साझेदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा क्रममा बिहीबार दुई देशबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्बन्धि सम्झौता भएको हो ।

नेपाल क्लियरिङ हाउसका सीईओ निलेशमान प्रधान र नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाका सीईओ रितेश शुक्लाबीच सम्झौता पत्र आदान प्रदान गरेका हुन् ।

सम्झौतासँगै नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा क्यूआर स्क्यान गरी डिजिटल कारोबार गर्न सक्ने छन् । यसले विद्युतीय भुक्तानीको प्रवर्द्धनमा पनि टेवा पुग्ने आशा गरिएको छ ।