कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि सरकारले माग्यो आवेदन, उमेर कति हुनुपर्छ ?

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि सरकारले माग्यो आवेदन, उमेर कति हुनुपर्छ ?

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सूचना प्रकाशित गर्दै नयाँ सदस्यका लागि इच्छुकहरुबाट आवेदन माग गरेको हो।

सूचना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेश गर्न भनिएको छ।

जसमा न्यूनतम योग्यताअनुसार दरखास्त पेश गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ७ ९सात० वर्षको अनुभव प्राप्त गरेको तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा पब्लिक लिमिटेड कम्पनीको कर्मचारीको हकमा व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौं तह वा सो भन्दा माथिल्लो पदमा कम्तीमा ७ (सात) वर्ष काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्ने प्रावधान छ।

यसका साथै आवेदक प्रचलित कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको र उपरोक्त योग्यता पुगेका इच्छुक व्यक्तिले माग गरिएका कागजातहरू संलग्न गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष दरखास्त पेश गर्नुपर्ने उल्लेख छ।

यसका साथै आवेदक व्यक्तिले नेपाली वा अङ्ग्रेजी भाषामा ए फोर साइज कागजमा तयार गरिएको कम्तीमा ३ हजारदेखि बढीमा पाँच हजार शब्द सम्मको व्यावसायिक कार्ययोजनाको सिलबन्दी ९कम्प्युटर टाइप गरिएको, पहिलो पाना ९कभर पेज० को सबैभन्दामाथि आफ्नो नाम लेखिएको र अन्य कहीं पनि नाम वा आफूलाई चिनाउने कुनै सङ्केत नभएको० पेश गर्न भनिएको छ।

दूरसञ्चार प्राधिकरणकाअनुसार हालका सदस्य राम मणि दुवाडीको कार्यकाल यहि जेठ ३० गते सकिँदैछ। सदस्य दुवाडीलाई २०७५ साल जेठ ३१ गते सदस्य पदमा नियुक्त गरेको थियो। उनलाई बजार व्यवस्थापन विज्ञको रुपमा सदस्य पदमा नियुक्त गरिएको थियो।

ऐन अनुसार बजार व्यवस्थापनसँग सम्बन्धित अनुभव र योग्यता भएका एक सदस्य प्राधिकरण बोर्डमा रहने व्यवस्था छ। इच्छुक आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र मन्त्रालयमा आवेदन बुझाउनुपर्नेछ।

हेर्नुहोस् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निकालेको विज्ञापन :

\"\"